Close

Recent Posts

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

कम्बोडियामा थाइल्याण्डले हवाई आक्रमण

कम्बोडियामा थाइल्याण्डले हवाई आक्रमण
  • ९ श्रावण २०८२, बिहीबार १५:५७

काठमाडौं– कम्बोडियाका अधिकारीहरुले चलाएको गोलीले एक नागरिकको मृत्यु र ३ जना घाइते भएपछि हवाई आक्रमण गरिएको थाइल्याण्डको सेनाले जनाएको छ ।

mulpatra

सीमामा तनाव भइरहेका बेला कम्बोडियाली सैनिकहरुले थाइल्याण्डको उत्तरपूर्वी सुरिन प्रान्तमा रहेको एक सैन्य बेसमा गोली हानेको समाचारमा भनिएको छ । बिहानसम्ममा कम्तिमा ६ स्थानमा तनाव फैलिएको बैंकक पोष्टको समाचारमा जनाइएको छ ।

कम्बोडियाका अधिकारीहरुले पनि थाइल्याण्डले हवाई आक्रमण गरेको पुष्टि गरेका छन् । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाइल्याण्डको कम्बोडियाली सैनिक अड्डामा आक्रमण गरेको पुष्टि गरेका छन् ।

mulpatra mulpatra mulpatra

कम्बोडियाको दुईवटा सैन्य अड्डालाई लक्षित गरेर हवाई आक्रमण गरिएको बैंकक पोष्टको अनलाइन संस्करणले जनाएको छ । थाई सेनाका उपप्रवक्ता रिचा सुक्सुवाननलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘हामीले योजना अनुसार, सैनिक अड्डामा हवाई शक्ति प्रयोग गरेका छौं ।’

बैंकक पोष्टका अनुसार, बुधबार उबोन राचाथानी प्रान्तको चोङ एन मा सीमाक्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा ५ जना थाई सैनिक घाइते भएका थिए । ती सुरुङ हालै कम्बोडियाले नियन्त्रणमा राखेको थाई अधिकारीहरुको दाबी छ ।

‘कम्बोडिया सधैं समस्याहरूको शान्तिपूर्ण समाधानको पक्षमा रहँदै आएको छ’, समाचार संस्था एपीले भनेको छ, ‘तर, यस अवस्थामा, सशस्त्र आक्रमणको जवाफमा हामीसँग बल प्रयोग बाहेक अर्को विकल्प छैन ।’

Image Source: © https://mulpatra.com

हाल थाइल्याण्डको सेनाले कम्बोडियाको सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । थाइल्याण्ड र कम्बोडियाबीच सीमा विवादको लामो इतिहास छ । यद्यपि, २०११ मा भएको झडपपछि दुवै देशबीच सम्बन्ध प्रायः स्थिर रहँदै आएको थियो ।

२०२४ मे महिनामा भएको झडपपछि कम्बोडियाले चारवटा विवादित भूमिको निरूपणका लागि हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा जाने प्रस्ताव राखेको थियो । तर थाइल्याण्डले यो मुद्दामा अदालतको क्षेत्राधिकार अस्वीकार गरेको थियो ।