Close

Recent Posts

बैंकमा पैसै–पैसा, लगानी नहुँदा विदेशी डर

बैंकमा पैसै–पैसा, लगानी नहुँदा विदेशी डर
  • ९ श्रावण २०८२, बिहीबार १६:१४

काठमाडौं– हाल वाणिज्य बैंकहरुसँग कुल ९ खर्ब २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ लगानीयोग्य रकम छ । असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ६५ खर्ब ३० अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४९ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

mulpatra

नेपाल बैंकर्स संघले उपलब्ध गराएको गत असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । हाल बैंकहरुको सीडी रेसियो साढे ६२ प्रतिशत हाराहारीमा आइपुगेको छ ।

बैंकमा लगानीयोग्य रकम थुप्रिएसँगै सीडी रेसियो पनि घट्दो नै छ । हाल बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । हाल सबै बैंकहरु सहज अवस्थामा कर्जा प्रवाह गर्ने सक्ने अवस्थामा छन् ।

mulpatra mulpatra mulpatra

समिक्षा अवधिमा बैंकहरुको निक्षेप सकंलन १३.४८ प्रतिशत वृद्धि भएको छ । निक्षेप संकलन दोहोरोमा वृद्धि भए पनि कर्जा प्रवाह भने ८.८३ प्रतिशत बढेको छ ।

बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) औसत ७६.१८ प्रतिशत छ । यसका आधारमा हाल वाणिज्य बैंकहरुमा ९ अर्ब रुपैयाँ लगानीयोग्य रकम छ ।

कुन बैंकमा कति पैसा

Image Source: © https://mulpatra.com

हाल बैंकसँग १ खर्ब ३५ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ लगानीयोग्य रकम छ । असार मसान्तसम्म बैंकले कुल ४ खर्ब ९३ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । समिक्षा अवधिमा बैंकले ३ खर्ब ८ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको सीडी रेसियो ६२.५९ प्रतिशत छ ।

यस्तै, ग्लोबल आइएमई बैंकसँग ८० अर्ब १०करोड ४४ लाख रुपैयाँ लगानीयोग्य रकम छ । असार मसान्तसम्म ग्लोबलले ५ खर्ब ७५ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब ४० अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको सीडी रेसियो ७६.०७ प्रतिशत छ ।

यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ७४ अर्ब ११ करोड रुपैयाँ ऋण लगानी गर्न सक्ने अवस्थामा छ । बैंकको सीडी रेसियो ७४.४४ प्रतिशत छ । समिक्षा अवधिमा बैंकले ४ खर्ब ७६ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब ५६ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्यसैगरि प्रभू बैंक पनि ७१ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह गर्न सक्ने अवस्थामा देखिएको छ । बैंकको सिडी रेसियो ६९.३६ प्रतिशत छ । असार मसान्तसम्म आइपुग्दा प्रभूको निक्षेप संकलन ४ खर्ब ४८ अर्ब ९ करोड रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ४१ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।

सिडी रेसियोको आधारमा हाल नेपाल बैंकसँग ६४ अर्ब ३७ करोड, कृषि विकास बैंकसँग ५२ अर्ब ९३ करोड, नबिलसँग ४५ अर्ब ३४ करोड, एनआइसी एशियासँग ४२ अबर्ब ९९ करोड, लक्ष्मी सनराइजसँग ३९ अर्ब ७४ करोड, नेपाल एसबिआईसँग ३८ अर्ब ४० करोड, एभरेष्टसँग ३७ अर्ब ७० करोड, सिद्धार्थसँग ३७ अर्ब ७ करोड, हिमालयनसँग २९ अर्ब ४९ करोड, स्ट्याण्डर्ड चार्डर्डसँग २६ अर्ब १९ करोड, सानिमासँग २२ अर्ब ८४ करोड रुपैयाँ लगानीयोग्य रकम छ ।

यता, एनएमबि बैंकसँग २० अर्ब ८४ करोड, प्राइमसँग १७ अर्ब ७१ करोड, माछापुच्छ्रेसँग १७ अर्ब ४३ करोड र सिटिजन्ससँग पनि १७ अर्ब ३१ करोड रुपैयाँ लगानीयोग्य रकम छ ।

अपेक्षित कर्जा प्रवाह नहुँदा बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थ्रपिएको छ ।