थाइल्यान्ड र कम्बोडियाबीचको सैन्य झडपमा १२ मारिए

काठमाडौं – थाइल्यान्ड र कम्बोडियाका सेनाबीच विवादित सीमा क्षेत्रमा भिडन्त हुँदा एक सैनिकसहित १२ जनाको मृत्यु भएको छ । थाइल्यान्डका स्वास्थ्यमन्त्रीले एक सैनिक र ११ सर्वसाधारण मारिएको जानकारी दिएको बीबीसीले जनाएको छ ।
बिहीबारको तनावले दुई दक्षिणपूर्वी एसियाली छिमेकीको लामो समयदेखिको विवादलाई थप जटिल बनाएको छ । कम्बोडियाले थाइल्यान्डमाथि सीमाको कम्बोडियाली पक्षमा अत्यधिक बल प्रयोग गरेको आरोप लगाएको छ । बिहीबार बिहान फेसबुक पोस्टमा कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाइल्यान्डसँगको बढ्दो तनावका बीच नागरिकलाई शान्त रहन आग्रह गरेका छन् ।
कम्बोडियाले भने हताहत र घाइतेबारे कुनै जानकारी सार्वजनिक गरेको छैन । कम्बोडियामाथि थाई गाउँमा रकेट प्रहार गरेको र अस्पतालमाथि आक्रमण गरेको आरोप लागेको छ । यता थाइल्यान्डले कम्बोडियाका सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको बताइएको छ ।
थाइल्यान्डले कम्बोडियासँगको सम्पूर्ण सीमा बन्द गरेको छ । सीमानजिक रहेका आफ्ना सबै नागरिकलाई टाढा जान निर्देशन दिएको छ ।
“कम्बोडियाले सधैँ शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्ने सिद्धान्तमा अडिग छ । तर, यस अवस्थामा, हामीसँग सशस्त्र आक्रमणको जवाफमा सैन्य बल प्रयोग गर्नुको विकल्प छैन,” पोस्टमा लेखेका छन् ।