Close

Recent Posts

राष्ट्रकै सर्वोच्च पदमा पुगिसकेकी हुँ, पदको कुनै मोह छैन: भण्डारी

राष्ट्रकै सर्वोच्च पदमा पुगिसकेकी हुँ, पदको कुनै मोह छैन: भण्डारी
  • १० श्रावण २०८२, शुक्रबार १६:०३

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पदको लोभ लिएर आफूले एमालेको राजनीतिमा फर्किने निर्णय नगरेको बताएकी छन् । आफूले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा नाम दर्ज गरिसकेको बताउँदै उनले पदको लोभ नरहेको बताइन् ।

mulpatra

पार्टी राजनीतिमा फर्किनु देश र जनताको सेवाबाहेक अरु केही नभएको उनको भनाइ छ । पार्टी राजनीतिमा फर्किन पाउनु आफ्नो संवैधानिक हक भए पनि एमालेको निर्णयबाट दुःखी तुल्याएको उनले बताइन् ।

‘कुनै पदप्रति लालसा, महत्त्वकांक्षा र आशक्ति छैन । किनकी मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ उनले भनिन् । साथै, उनले आफू राजनीतिमा आएर देश र जनताको सेव ागर्ने विषयलाई अनौठो नमान्न आग्रह गरेकी छिन् ।

mulpatra mulpatra mulpatra

‘म राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनेर देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्यजनक विषय होइन,’ भण्डारीले भनिन्, ‘यो संवैधानिक अधिकार मात्रै होइन । मुलुकमा राजनीति गरेर पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको दिन र आफ्नो पार्टी जीवन आफ्नो पार्टीमा नै राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हो ।’

बबरमहलस्थित कार्की बैंक्वेटमा मदन भण्डारीको तस्वीरसहित ’जनताको बहुदलीय जनवाद– जिन्दावाद, नेकपा एमाले जीन्दावाद’ लेखेको ब्यानर राखेर पत्रकार सम्मेलन सुरु भएको हो ।