Close

Recent Posts

लगातार उकालो लागेको नेप्सेमा दीर्घकालीन बुलिस ट्रेन्ड, आइतबार के होला ?

लगातार उकालो लागेको नेप्सेमा दीर्घकालीन बुलिस ट्रेन्ड, आइतबार के होला ?
  • ११ श्रावण २०८२, शनिबार १२:२७

काठमाडौँ । लामो समय साइडवेजमा चलेको नेपाली पूँजी बजारले लगातार चौथो साता पनि उकालो यात्रा तय गरेको छ। नेप्से सूचक अघिल्लो साता भन्दा ११२.०१ अंकले उक्लिएर २,९८२.६४ अंकमा आइपुगेको छ । बजारमा करिब ९६ अर्ब रुपैयाँको कारोबार भएको छ, जुन अघिल्लो साताको तुलनामा उल्लेख्य वृद्धि हो। यस्तै, बजार पूँजीकरण पनि करिब १ खर्ब ९४ अर्ब रुपैयाँले वृद्धि भएर ४९ खर्ब ७७ अर्ब पुगेको छ।

mulpatra

लगातार उकालो लागेको नेप्सेमा दीर्घकालीन बुलिस ट्रेन्ड कायमै रहे पनि पछिल्लो दिनमा देखिएको क्याण्डलस्टिक संरचनाले बजारमा सावधानी अपनाउनुपर्ने संकेत गरेको छ। साताको अन्तिम दुई दिनमा बनेका समानान्तर क्याण्डलहरूले बिक्री दबाब बढेको देखिन्छ, जसले अल्पकालीन करेक्सन सम्भावनाको इङ्गित गर्छ। लगानीकर्ताले नाफा बुक गर्ने लाग्दा करेक्सनको सम्भावना रहेको छ ।

पछिल्लो साता करेक्सन भएमा बजारको २,९५० विन्दुमा बलियो सपोर्ट रहेको छ । पिभट विश्लेषण अनुसार बजारमा सपोर्ट विन्दुहरू क्रमशः २९५०, २८२४, २७७० र तलतिर २६६९ रहेको विश्लेषण छ। यदि करेक्सन भयो भने बजारले २९५० वा २८२० को आसपास बलियो समर्थन पाउन सक्छ।

mulpatra mulpatra mulpatra

इलिअट वेभ विश्लेषण अनुसार हाल बजार सानो अवधिको तेस्रो वेभमा रहेको देखिन्छ, जसको प्रक्षेपित लक्ष्य ३१६० विन्दुसम्म हुन सक्छ। त्यसपछि वेभ ४ मा करेक्सन भएर बजार २९०० को हाराहारीमा आउनसक्छ र त्यसपछिको पाँचौं वेभमा बजारले ३४०० विन्दु नाघ्न सक्छ।

मूभिङ एभरेज मा ५० दिने औसतले २०० दिने औसतलाई तलबाट काट्दा बनेको गोल्डेन क्रसओभर ले दीर्घकालीन बुलिस ट्रेन्ड कायम रहेको संकेत गर्छ।

क्षेत्रगत रुपमा अन्य र जलबिद्युत समूह अग्रपङ्क्तिमा रहेका छन् । तर बैंकमा लगानीकर्ताको आकर्षणले नै बजार माथि जान सहयोग गरेको छ । बजारमा सबैजसो समूहमा हरियाली देखिएको छ भने जलबिद्युत, अन्य तथा लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण झन् बढेको छ। यी क्षेत्रमा अझै सुधार आउने अनुमान छ।

Image Source: © https://mulpatra.com

भोली अर्थात् आइतबारदेखि सुरु हुने नयाँ साताको सुरुवातमा बजार केही करेक्सन मोडमा जानसक्ने प्राविधिक संकेतहरू देखिएको छ। यद्यपि २९५० वा २८२० को स्तरमा बजारले बलियो समर्थन पाएमा पुनः उकालो यात्रा जारी रहने सम्भावना उच्च छ।

दीर्घकालीन आधारमा बजार अझै बुल ट्रेन्ड मै रहेको पुष्टि विभिन्न इन्डिकेटरहरूले गर्छन्। तर, अल्पकालमा बजारमा स्वाभाविक करेक्सन आउन सक्ने सम्भावनालाई लगानीकर्ताले बेवास्ता गर्नु हुँदैन।

नोटःसेयर बजार जोखिमपूर्ण क्षेत्र हो । कुनै लेख, समाचारको आधारमा लगानी गर्नु हुँदैन ।