Close

Recent Posts

एनआरएनए अष्ट्रेलिया २०२५–२७: सन्तोष कुँवर अध्यक्षमा निर्वाचित

एनआरएनए अष्ट्रेलिया २०२५–२७: सन्तोष कुँवर अध्यक्षमा निर्वाचित
  • ११ श्रावण २०८२, शनिबार १९:४२

सिड्नी, जुलाई २६ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि सम्पन्न निर्वाचनमा क्वीन्सल्याण्डबाट अध्यक्ष पदका उम्मेदवार बनेका सन्तोष कुँवर भारी मतान्तरसहित विजयी भएका छन्।

mulpatra

कुल १६,१२१ लिस्टेड मतदातामध्ये हजारौंले मतदान गरेका निर्वाचनमा कुँवरले ६,८३९ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी पर्थबाट उम्मेदवारी दिएका भैरवप्रसाद ढकालले ३,७२७ मत, र नर्दन टेरिटोरीबाट उम्मेदवार बनेका सञ्जीव ‘गोर्खाली’ ढकालले २,१२६ मत ल्याए।

निर्वाचन समितिले नतिजा फेसबुक लाइभमार्फत सार्वजनिक गरेको थियो। नतिजा घोषणा प्रमुख निर्वाचन आयुक्त डिल्लीराम ढकालले गर्नुभएको हो।

mulpatra

सन्तोष कुँवर यसअघि एनआरएनए अष्ट्रेलियाको महासचिवका रूपमा कार्यरत थिए। अब उनी आगामी दुई वर्षसम्म अध्यक्ष पदमा रहनेछन्।

एनआरएनए अष्ट्रेलियाको यस निर्वाचनलाई डिजिटल माध्यमबाट सम्पन्न गरिएको थियो, जसमा मतदाताहरूले अनलाइनमार्फत आफ्नो मत प्रयोग गरेका थिए। नयाँ नेतृत्वसँग प्रवासी नेपालीहरूले समावेशीता, पारदर्शिता र प्रभावकारी कार्यक्रमहरूको अपेक्षा गरेका छन्।

Image Source: © https://mulpatra.com