Close

Recent Posts

कुलिङ पिरियडको विषयमा प्रचण्डमाथि नैतिक प्रश्न उठ्यो – एमाले सचिव योगेश भट्टराई

कुलिङ पिरियडको विषयमा प्रचण्डमाथि नैतिक प्रश्न उठ्यो – एमाले सचिव योगेश भट्टराई
  • १२ श्रावण २०८२, आईतवार १०:०२

काठमाडौं । नेकपा एमालेका सचिव तथा संघिय सांसद योगेश भट्टराईले संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्थाका बारेमा पुर्व प्रधामन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नैतिक प्रश्न उठेका बताएका छन् । प्रचण्डले कुलिङ अफ पिरियडबारे शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसको जवाफ दिँदै भट्टराईले सामाजिक सन्जाल फेसबुकमा लामो स्टाटस लेख्दै प्रचण्डलाई जवाफ दिएका छन् ।

mulpatra

आफ्नो फेसबुक पेजमा प्रचण्डको मन्तव्यका बारे गम्भिर ध्यानाकर्षण भएको भन्दै तीन बुँदामा प्रचण्डलाई ध्यानाकर्षण गरेका छन् । एमाले कुलिङ पिरियडको पक्षमा रहेको बरु विधेयक दर्ता भएको बेला प्रचण्ड नै प्रधानमन्त्री भएको र सो समयमा विधेयकमा कुलिङ पिरियडको व्यवस्थै नगरेको दावी समेत गरेका छन् ।

भट्टराईले भनेका छन् ‘तपाईंले वर्तमान प्रम केपी ओलीमाथि व्यंग्य गर्नु भएछ । तपाई कुलिङ अफ पिरियडका सम्बन्धमा “प्रचण्ड” अड़ानमा हो भने मेरो प्रश्न छ २०८० फागुन ११ गते संसदमा बिधेयक दर्ता भएको बेला तपाई नै प्रम हुनुहुँथ्यों र तपाई कै अध्यक्षतामा बसेको मंत्रिपरिषदको बैठकले यो विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिएको हो । जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन । यसले स्पष्ट गर्दछ कि तपाई कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन ।’

mulpatra mulpatra mulpatra

कुलिङ पिरियडको विषयमा माओवादी विपक्षी बेन्चमा पुगेपछि मात्र त्यसको पक्षमा उभिएको समेत भट्टराईले आरोप लगाएका छन् । सत्ता छोड्नु परेपछिमात्र कुलिङ पिरियडको भुत जागेको आरोप लगाउँदै सांसदहरुको संशोधन प्रस्ताव पछि मा कुृलिङ पिरियडको बहस शुरु भएको समेत बताएका छन् ।

भट्टराईले राज्य ब्यबस्था तथा सुशासन समितिले संसदमा पेश गर्दा नै कुलिङ पिरियडमा तलमाथि गरेको आरोप समेत लगाएका छन् । र त्यसको बरिष्ठ सदस्य भएको कारण प्रचण्ड माथि नैतिक प्रश्न उठेन समेत बताएका छन् ।

‘प्रतिनिधिसभाको राज्य ब्यबस्था तथा सुशासन समितिको तपाईं वरिष्ठतम सदस्य पनि हो । जुन समितिले कुलिङ अफ पिरियड राख़्ने निर्णय गरेको थियो । तर समितिको प्रतिबेदन संसदमा पेश गर्दा यो ब्यवस्थालाई तलमाथि किन गरियो ? समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठछ होईंन र ? अनि छानबिन त तपाईमाथि नै गर्नु पर्ने हो की ? आफनै बोली आफैलाई गलापासो नहोस ? भट्टराईले लेखेका छन् ।

Image Source: © https://mulpatra.com