Close

Recent Posts

चीनले नेपालसँग माग्यो व्यासायिक वातावरण

चीनले नेपालसँग माग्यो व्यासायिक वातावरण
  • २ असार २०८३, मंगलवार ०९:५९

काठमाडौं– चीनले नेपालमा चिनियाँ कम्पनीलाई व्यावसायिक वातावरण बनाइदिन अनुरोध गरेको छ ।

mulpatra

परराष्ट्र मन्त्री शिशिर खनालसँग बेइजिङमा सोमबार भएको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने र नेपालले पनि अनुकूल व्यावसायिक वातावरण बनाइदिनुपर्ने बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

‘उनले (वाङले) चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने र नेपालले थप निष्पक्ष, पारदर्शी तथा अनुकूल व्यावसायिक वातावरण उपलब्ध गराउने अपेक्षा गरेको बताए,’ चिनियाँ विदेश मन्त्रालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । नेपालमा चिनियाँ लगानी तथा वित्तीय सहयोग मुख्यतः जलविद्युत्, विमानस्थल, सिमेन्ट उद्योग, सडक, ऊर्जा क्षेत्रमा केन्द्रित छन् ।

mulpatra mulpatra mulpatra

विदेश मन्त्रालयका अनुसार दुवै देशले बहुपक्षीय मञ्चहरूमा सहकार्य सुदृढ गरी विकासशील राष्ट्रहरूको साझा हितको संरक्षण गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

चिनियाँ विदेशमन्त्री वाङले उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ अन्तर्गत विद्युत् प्रसारण सञ्जाल, सडक, नाका तथा हवाई यातायातलगायत क्षेत्रमा सहकार्य विस्तार गरी नेपाललाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

चिनियाँ विदेशमन्त्री वाङले ‘टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो’ हुने भन्दै नेपालको लागि विकास, समृद्धि र आधुनिकीकरणको यात्रामा भरपर्दो छिमेकी तथा साझेदार रहने बताएका थिए ।

Image Source: © https://mulpatra.com

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा दुवै देशले विकास र समृद्धिमुखी पुस्तौँसम्मको मैत्रीपूर्ण रणनीतिक सहकार्य साझेदारी स्थापना गरेको स्मरण गर्दै यसले चीन–नेपाल सम्बन्धलाई थप उचाइमा पु¥याउने साझा दिशा निर्धारण गरेको बताए ।

इतिहास र यथार्थले चीन–नेपाल मित्रता नेपाल राष्ट्र, नेपाली जनता तथा राष्ट्रिय हितका लागि लाभदायक रहेको प्रमाणित गरेको भन्दै वाङले चीनले नेपालसँगको सम्बन्धलाई आफ्नो छिमेकी कूटनीतिको महत्वपूर्ण स्थानमा राखेको जानकारी गराएका थिए । नेपाली जनताप्रतिको मैत्रीपूर्ण नीति निरन्तर रहने पनि उनले बताए ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com