बोर्डको बजेट डेढ अर्ब खर्चिएर ५ हजार जनशक्ति उत्पादनको तयारी, ५० देशमा नेपालको ब्रान्डिङ

काठमाडौं– नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८२–८३ का लागि बजेट सार्वजनिक गरेको छ । बोर्डले चालु आवका लागि कुल १ अर्ब ६० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । बजेटमार्फत पर्यटन क्षेत्रलाई व्यावसायिक, प्रभावकारी र दिगो बनाउने उद्देश्य लिएको छ ।
काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८२–८३ का लागि बजेट सार्वजनिक गरेको छ । बोर्डले कर्मचारी र कार्यालय सञ्चालनका लागि २६ करोड २७ लाख, पर्यटन सम्पदा तथा संरचना विकासका लागि १८ करोड ६३ लाख, जनसम्पर्क र प्रचारप्रसारका लागि १२ करोड १५ लाख रुपैयाँ छुट्याएको छ ।
यस्तै, पोखरा स्थित गण्डकी प्रदेश कार्यालयका लागि ११ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ । अन्य नयाँ प्रादेशिक तथा क्षेत्रीय कार्यालयको स्थापना र सञ्चालनमा ११ करोड १२ लाख छुट्याइएको छ ।
बोर्डले चालु आवका लागि कुल १ अर्ब ६० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । कोरोना महामारीपछिको शिथिल अवस्थाबाट बाहिरिँदै नेपालको पर्यटन क्षेत्र पुनः उर्जाशील बन्दै गएको छ । बजेटमार्फत पर्यटन क्षेत्रलाई व्यावसायिक, प्रभावकारी र दिगो बनाउने उद्देश्य लिएको छ ।
बोर्डका अनुसार यो बजेटले पर्यटन प्रवाह बढाउने, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र समग्र पर्यटन प्रणालीलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।
बोर्डले बजेटको प्रमुख हिस्सा पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धनमा केन्द्रित गरेको छ । कूल बजेटमध्ये ४३ करोड ६१ लाख रुपैयाँ यसै शीर्षकमा विनियोजन गरिएको छ ।
बोर्डका अनुसार विशेष प्रवद्र्धनात्मक गतिविधिका लागि ४ करोड ६२ लाख, कार्यकारी समिति तथा प्रमुखको सचिवालय सञ्चालनका लागि ३ करोड र अनुसन्धान, योजना तथा अनुगमन कार्यमा २ करोड ७६ लाख विनियोजन गरिएको छ ।
बोर्डले पर्यटन आयमा १५ प्रतिशत वृद्धि गर्ने लक्ष्यसहित बजेट ल्याएको छ । पर्यटक आगमन बढाउने, नयाँ पूर्वाधार संरक्षण गर्ने, जनशक्ति उत्पादन र डिजिटल प्रवद्र्धनमा ध्यान दिइएको छ ।
बोर्डले नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्न ५० प्रमुख स्रोत बजारमा कार्यक्रम गर्ने योजना ल्याएको छ । साथै, कम्तीमा ५ हजार नयाँ जनशक्ति उत्पादन गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा काम गरिनेछ ।
बजेटमार्फत लुम्बिनी र सुदूरपश्चिममा प्रादेशिक कार्यालय खोल्ने तयारी गरिएको छ। माइस (सभा, सम्मेलन, सेमिनार) पर्यटन प्रवद्र्धनका लागि छुट्टै २ करोड रुपैयाँ छुट्याइएको छ । विदेशी पर्यटकलाई लक्षित गरी आयोजित कार्यक्रममा ७५ प्रतिशत अन्तर्राष्ट्रिय सहभागिता सुनिश्चित गरिनेछ ।

बोर्डले कर्मचारी र कार्यालय सञ्चालनका लागि २६ करोड २७ लाख, पर्यटन सम्पदा तथा संरचना विकासका लागि १८ करोड ६३ लाख, जनसम्पर्क र प्रचारप्रसारका लागि १२ करोड १५ लाख रुपैयाँ छुट्याएको छ ।