Close

Recent Posts

सन्जु र पुस्कलको स्वरमा ‘नीलो आकाशैमा बादलु’ गीतमा तीजलाई मौलिक उपहार

सन्जु र पुस्कलको स्वरमा ‘नीलो आकाशैमा बादलु’ गीतमा तीजलाई मौलिक उपहार
  • १२ श्रावण २०८२, आईतवार १३:०३

१० वर्षदेखि संगतिमा निरन्तरता दिदै आएकी गायिका सन्जु न्यौपानेको पछिल्लो गीत ‘नीलो आकाशैमा बादलु’ले बजारमा राम्रो चर्चा लिइरहेको छ । उनको गीतले टिकटक र रिलमा राम्रो चर्चा पाइरहेको छ ।

mulpatra

सन्जुको पछिल्लो गीत ‘नीलो आकाशैमा बादलु’ तीज केन्द्रीत छ । यस गीतमा महिलाको तीजको चर्चा गरिएको छ । उनको यस गीतमा सरल रुपमा गाइएको र म्यूजिक भिडियो निर्माण गरिएको छ ।

गायक पुस्कल शर्मा र गायिका सन्जु न्यौपानेको स्वरमा रहेको गीत ‘नीलो आकाशैमा बादलु’ मा रमेश परियारको शब्द र संगीत रहेको छ ।

‘नीलो आकाशैमा बादलु’ गीतको म्यूजिक भिडियोमा सन्जु न्यौपाने आफैं अभिनय गरेकी छन्। भिडियोमा सन्जु र लोमश शर्माको जोडी रहेको छ भने आशा भुसाल र सन्तोष पाण्डेको जोडी रहेको छ ।

आशिष अबिरलको संगीत संयोजन रहेको यस गीत राग स्टुडियोमा रेकर्डिङ गरिएको हो । यसको मिक्सिङ आकाश नेपालीले गरेका छन् । चक्रबहादुर बरालको छायाँकन एवं विष्णु खड्काको सम्पादन रहेको ‘नीलो आकाशैमा बादलु’ गीतको भिडियो सन्जु न्यौपानेको अफिसयल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
‘नीलो आकाशैमा बादलु’ भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् भने नितिन वाइबाको कोरियोग्राफी रहेको छ ।

भिडियो