Close

Recent Posts

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

कम्बोडिया र थाइल्याण्डबीच युद्धविराम गर्ने सहमति

कम्बोडिया र थाइल्याण्डबीच युद्धविराम गर्ने सहमति
  • १२ श्रावण २०८२, आईतवार १३:२४

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम गर्ने सहमति भएको छ । युद्धविरामपछि दुई देशका नेताहरू चाँडै वार्तामा बस्ने तय भएको पनि सिएनएनले जनाएको छ ।

mulpatra

कम्बोडिया र थाइल्याण्डको सिमानामा सेनाबीच तनाव उत्पन्न भएपछि बिहीबारदेखि दुई देशले एक अर्कको सैन्य संरचनामा हवाई आक्रमण गरेको थियो । दुई देशका सेनाबीच शनिबार नै युद्धविराम गर्ने सहमति भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ ।

चार दिनमा दुई देशमा कम्तिमा ३० जनाको मृत्यु भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार नै दुई देश युद्धविराम गर्ने सहमतिमा पुगेको घोषणा गरेका थिए । ट्रम्पले कम्बोडियाका प्रधानमन्त्री हुन मनेट र थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायचाइसँग कुराकानी पनि गरेको बताएका थिए ।

mulpatra mulpatra mulpatra

उनीहरूले चाँडै वार्ता टेबलमा बसेर शान्ति स्थापना सुनिश्चित गर्नेछन्,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए ।

कुराकानीकै क्रममा दुई देशका प्रमुखहरुलाई तनाव जारी राखे दुवै देशसँग व्यापार सम्झौता नगर्ने चेतावनी दिएको पनि बताएका छन् । दुवै देश वार्ता टेबलमा बस्न पनि तयार भएको उनले भनेका छन्।

अघिल्लो महिना ट्रम्पले दुवै देशलाई पत्र पठाएर उनीहरूले अमेरिका निर्यात गर्ने सामानमा अगस्टदेखि ३६ प्रतिशत भन्सार लगाउने जानकारी गराएका थिए ।

Image Source: © https://mulpatra.com