वर्षमा १३ हजार बढी बैंकिङ कसुरका मुद्दा दायर, काठमाडौंमा बढी

वर्षमा १३ हजार बढी बैंकिङ कसुरका मुद्दा दायर, काठमाडौंमा बढी
  • १४ श्रावण २०८२, मंगलवार ११:२३

काठमाडौं– पछिल्लो समय बैंकिङ कसुरका घटना बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०८१÷८२ मा बैंकिङ कसुरका १३ हजार ८३७ वटा मुद्दा दायर भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद घिमिरेले जानकारी दिए ।

mulpatra

नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१÷८२ मा बैंकिङ कसुर अपराधका मुद्दा बढेको पाइएको हो । प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ४ प्रतिशत भन्दा बढीले बैंकिङ कसुरका घटना बढेका छन् ।

काठमाडौं उपत्यकाभित्र सबैभन्दा धेरै ८ हजार ८० मुद्दा दायर भएका छन्। सबै भन्दा कम भने कर्णाली प्रदेशमा २९७ वटा मुद्दा दायर भएको डिआइजी घिमिरेले जानकारी दिए । त्यस्तै, मधेश प्रदेशमा १ हजार २७८ वटा, कोशीमा १ हजार २५३ वटा, गण्डकीमा ८०६ वटा बागमतीमा ७९८ वटा र सुदूरपश्चिममा ४४३ वटा मुद्दा दायर भएको हो ।

गएको आर्थिक वर्षमा ५८ हजार ४७२ वटा मुद्दा दायर हुँदा सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दा दायर भएको हो । आर्थिक वर्ष २०८०÷८१ मा भने ५९ हजार २०३ वटा मुद्दा दायर भएको थियो ।