शेखरलाई रोक्न नसक्ने स्थीतिमा देउवा, अन्तिमपटक प्रधानमन्त्री बनाए सभापति छोड्ने संकेत
काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्लो समयमा पार्टी सभापति शेरबहादुर देउवामाथि पेचिलो दबाब सिर्जना गदै आएका छन् ।

उनको दबाब थेग्न देउवाले पनि ठुलै चुनौती ठान्न थालेका छन् । कुनै समय सामान्य रुपमा लिएका देउवाले अहिले कोइरालालाई आफनो चुनौती रुपमा लिएको आफुनिटक नेताहरुसँग बताउन थालेका छन् ।
शेखरलाई भारतीय पक्षको सहयोग भएको देउवाको बुझाइ छ । जसका कारण पनि देउवा पछि हट्ने पक्षमा छन् । कोइरालालाई भारतीय हिन्दुवादी संस्थाहरुको ठुलै सहयोग भएका कारण पनि उनलाई रोक्न देउवालाई सजिलो नभएको उनीनिकट नेताहरु नै बताउँछन् ।
![]() |
![]() |
![]() |
|---|
पछिल्लो समयमा देउवाले अन्तिमपटक प्रधानमन्त्री बनाउन कोइराला तयार भए पार्टी सभापति उनैलाई सुम्पिने तयारीमा रहेको देउवानिटक एक नेताले मूलपत्रलाई जानकारी दिए ।
उनकाअनुसार पत्नी आरजु राणाको राजनीतिक र अन्य सुरक्षा निश्चित भए अन्तिमपटक प्रधानमन्त्री भएर राजनीतिक विश्राम लिने तयारीमा देउवा छन् । तर देउवाको यो शर्त कोइरालाले मान्नुपर्ने ती नेताले बताए । ‘देउवापत्नी राणामाथि आर्थिक अनियमिताका धेरै आरोप छन् । जसका कारण उनी कुनैबेला भ्रष्टाचारको मुद्दामा पक्राउ पर्न सक्ने आशंका सभापति स्यंमलाई छ । जसका कारण देउवाले पत्नीको सुरक्षा खोजेका छन् ।’ उनले भने ।
आरजु राणा हाल परराष्ट्रमन्त्री छन् । उनीमाथि धेरै भ्रष्टाचारका मुद्दा भएका कारण पनि देउवालाई उनी कानुनी फन्दामा पर्ने त्रास छ ।
कांग्रेसको १५ औँ महाधिवेशन अझै अनिश्चित छ । तर नेताहरूले महाधिवेशन लक्षित गरेर नेतृत्वको दौड थालिसकेका छन् । देउवालाई अर्को कार्यकाल नेतृत्वमा आउन विधानले छेक्ने भएकाले संस्थापन पक्षका नेताहरूले आफूभित्रबाटै उत्तराधिकारी तोक्न दबाब दिइरहेका छन् ।
Image Source: © https://mulpatra.com
कोइराला मात्र होइन नेपाली कांग्रेस संस्थापन पक्षकै सात भाइ पार्टी सभापति शेरबहादुर देउवाको उत्तराधिकारी खोजी थालेका छन् । यसका कारण पनि देउवा समस्यामा छन् ।
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसहित विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशरण महत र विजयकुमार गच्छदार पनि सभापतिको दौडमा छन् । गच्छदार नेपाल लोकतान्त्रिक फोरमबाट केही वर्षअघि मात्र कांग्रेसमा गएका थिए ।
उनीहरु शेखरलाई रोकेर आफुहरु नै सभापति बन्ने दौड र दाउमा छन् । सभापतिका लागि सबैभन्दा धेरै सिटौला लागिपरेका छन् । उनी कुनैबेला स्वः कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र थिए ।
देउवाले अहिलेसम्म मुख खोलेका छैनन् । इतर पक्षबाट नेतृत्वको लागि डा.शेखर कोइराला र महामन्त्री गगन थापाले पनि आआफ्नै तयारी गरिरहेका छन् ।
संस्थापन पक्षकै सात भाइ पार्टी सभापतिलाई भेटन गएका बेला खासै चासो नदिएको र राजनीतिक कुरा धेरै गर्न नखोजेको बाट पनि शेखरको पक्षमा नरम भएका हुन भन्ने आशंका सातभाईमा परेको छ ।
एमालेसँगको सरकारको सहकार्यका विषयमा पटक पटक ओली र देउवाले स्पष्टीकरण दिइरहेको कारण पनि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच चुनावी गठबन्धन गर्ने गरी सीट बाँडफाँटमा समझदारी भइसकेको इतर पक्षको नेताले आशंका समेत गरेका छन् ।
तर कांग्रेसकै महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा आगामी निर्वाचनमा कांग्रेस कार्यकर्ताले अन्य पार्टीलाई भोट हाल्नु पर्ने छैन, कांग्रेस एकल भिडन्तमा जान्छ भनेर भनिरहेका छन् । यसबाट पनि अध्यक्ष देउवालाई आरजु व्यवस्थापनमा जटिलता थपेको छ ।
यो जटिलताका बिच भारतीय व्यवस्थापन, हिन्दुवादी जनताहरुको भावना समेट्न समेत देउवा भावी सभापतिका लागि शेखर कोइरालाको पक्षमा उभिन्छन भन्ने आशंका गरिएको छ ।
गत महिना कांग्रेसले २०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेपछि कोइरालाका पक्षमा असन्तुष्ट नेताहरुले सहयोगका लागि आश्वासन समेत देखाएका छन् ।
कोइरालाले विगतदेखि नै संस्थापन पक्षमाथि दबाब सिर्जना गर्दै आएका छन् । जसका कारण पछिल्लो समय उनको पक्षमा माहोल बन्दै गएको छ ।
भिडियो:



