विद्युत सुदृढीकरणमा १६ अर्ब ऋण, जर्मन सरकारबाट २० मिलियन युरो अनुदान

काठमाडौं– सरकारले विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १२० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
सो रकममध्ये ८६.७ मिलियन अमेरिकी डलर छोटो परिपक्वता अवधि भएको ऋण र ३३.३ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वरूप हुनेछ । कुल रकम करिब १६ अर्ब ७४ करोड नेपाली रुपैयाँ बराबरको हुनेछ ।
गत सोमबार (साउन १२ गते ) बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी, विद्युत वितरण प्रणाली सुदृढीकरण कार्यक्रमका लागि जर्मन सरकारले उपलब्ध गराउने २० मिलियन युरो बराबरको अनुदान सहायता पनि मन्त्रिपरिषद् बैठकले स्वीकार गर्ने निर्णय गरेको छ ।
योजनाले राष्ट्रिय विद्युत प्रणालीको स्तरोन्नति, आपूर्ति सुदृढीकरण र सेवा गुणस्तरमा सुधार ल्याउने सरकारको अपेक्षा छ ।