Close

Recent Posts

कुवेतमा विदेशी घरेलु कामदारलाई कुटपिट गर्ने दम्पतीलाई मृत्युदण्डको सजाय

कुवेतमा विदेशी घरेलु कामदारलाई कुटपिट गर्ने दम्पतीलाई मृत्युदण्डको सजाय
  • १८ श्रावण २०८२, शनिबार १०:१५

काठमाडौं– कुवेतमा एक आप्रवासी घरेलु कामदारलाई अमानवीय रूपमा कुटपिट गरी हत्या गरेको अभियोगमा कुवेतको फौजदारी अदालतले एक परिवारका दम्पतीलाई मृत्युदण्डको सजाय दिने भएको छ ।

mulpatra

मृतकको परिचय भने खुलाइएको छैन । सरकारी अभियोजनकर्ताहरूले दम्पतीले उनलाई चोटपटक लागेर मृत्यु नभएसम्म दबाबमा काम गरिरहन बाध्य पारेको जिकिर लिएका थिए ।

आप्रवासी घरेलु कामदारलाई गैरकानुनी थुनामा राख्ने, लठ्ठीले बारम्बार आक्रमण गर्ने, चिकित्सा हेरचाह अस्वीकार गर्ने र जबरजस्ती श्रम गराउने जस्ता कार्य गर्दा कामदारको मृत्यु भएको अदालतले ठहर गरेको छ ।

mulpatra mulpatra mulpatra

गल्फ न्युजका अनुसार पछिल्लो समय कुवेतमा आप्रवासी घरेलु कामदारहरूमाथि दुव्र्यवहार बढ्दो छ । २०२३ को सुरुमा एक कुवेतीले फिलिपिनी कामदारको बलात्कारपछि हत्या गरेर जलाएका थिए । त्यसपश्चात फिलिपिन्स सरकारले पर्याप्त सुरक्षाको अभाव भन्दै कुवेतमा घरेलु कामदार पठाउन अस्थायी प्रतिबन्ध लगाएको थियो ।