१५ रुपैयाँले वृद्धि भयो कुखुराको मासु

काठमाडौं – कुखुरा व्यवसायीले साउनमा मासुको आपूर्ति कम हुँदा भाउ बढाएका छन् । राष्ट्रिय कुखुरा व्यवसायी संघले जिउँदो कुखुराको भाउ प्रतिकिलो १० रुपैयाँ र तयारी मासुको भाउ १५ रुपैयाँले वृद्धि गरेको छ ।
अब जिउँदो कुखुराको भाउ २४० रुपैयाँबाट २५० रुपैयाँ पुगेको छ भने तयारी मासुको मूल्य ३३५ रुपैयाँबाट ३५० रुपैयाँ पुगेको छ । असार महिनामा किसानले चल्ला कम उत्पादन गरेपछि साउनमा मासु आपूर्तिमा कमी आएको संघले जनाएको छ ।
संघका अनुसार देशभर अन्य महिनामा दैनिक करिब साढे ५ लाख किलो कुखुराको मासु खपत हुन्छ । साउन महिनामा भने यो खपत घटेर ३० प्रतिशत कम हुन्छ ।