इ–सेभेन भिसामै कामदार पठाउन जोड गर्दा समयमा कोरियन भाषा परिक्षा सञ्चालन भएन, अझै अनिश्चित

इ–सेभेन भिसामै कामदार पठाउन जोड गर्दा समयमा कोरियन भाषा परिक्षा सञ्चालन भएन, अझै अनिश्चित
  • २० श्रावण २०८२, सोमबार १३:०३

काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत कोरिया सरकारले नेपालका लागि १४ औं भाषा परीक्षाको तयारी सुरु गरेको छ ।

mulpatra

मानव संशाधन बोर्ड (एचआरडी) कोरियाले यही साउन २६ बाट ३१ गतेसम्म परीक्षा आवेदन भर्न सकिने गरी तयारी रहन ईपिएस शाखालाई सूचना दिएपनि आधिकारिक निर्णय भने भएको छैन ।

यता ईपिएस शाखा नेपालले भने सूचना नआए पनि एक महिनाभित्र परीक्षाको आवेदन खुल्न सक्ने तयारी गरिरहेको छ । सन् २०२४ को सबै क्षेत्रको भाषा परीक्षामा १ लाख ३६ हजार ४४५ जना सहभागी भएका कारण वर्षभरि नै दैनिक चार सिफ्ट गरी भाषा परीक्षा सञ्चालन गरिएको थियो । सन् २०२५ मा कोरिया भाषा परीक्षा आवेदन समयमा नखुल्दा लाखौ युवा बिच्चलीमा परेका छन् ।

कोरियाले इ सेभेन भिसा अन्तरगत निजी क्षेत्र अर्थात (बिटुबी) मार्फत कोरियाले दक्ष कामदार लैजाने छ । नेपालले इ सेभेन भिसा खुला गरेमा निजी क्षेत्रका म्यानपावर कम्पनीहरुले नेपाली दक्ष कामदारलाई कोरिया पठाउने छन् ।

इ सेभेन भिसामा पारिश्रमिक तथा सेवा सुविधा निकै राम्रो भएका कारण यो भिसामा जतिसक्दो ठूलो संख्यामा नेपाली कामदार पठाउन सरकारले पहल गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । जसका कारण समयमा कोरिया भाषा परिक्षा सञ्चालन नभएको वैदेशिक रोजगार विभागका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार केही व्यक्तिको स्र्वाथका कारण श्रम मन्त्रालयले इ सेभेन भिसामा कामदार पठाउन जोड दिइरहेको छ ।

ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ–सेभेन भिसामा पनि कामदार पठाउन सक्ने श्रम मन्त्रालयले कार्यविधि बनाएको छ । कार्यविधिमा इ– सेभेन भिषामार्फत दक्षिण कोरिया नेपाली कामदार पठाउने व्यवस्था गरिएको छ । यसकैका आधारमा कोरियाले पनि भाषा परिक्षा सञ्चालन गर्न भन्दै पर्खिएर बसेको छ । कोरियाको एचआरडीले गत चैतमा परिक्षा सञ्चालनका लागि तयारी गरेको थियो । तर इ सेभेन भिसाको कार्यविधि पर्खिएको श्रम मन्त्रालयकै कर्मचारीको दाबी छ ।

इ सेभेन भिषामा जाने कामदारले परिवार पनिसँगै लैजान पाउने व्यवस्था रहेको छ । यस्तो भिसा अवधि सुरूमा तीन वर्ष र विशेष अवस्थामा पाँच वर्षसम्म हुनेछ भने करार अवधि पनि असीमित हुने मन्त्रालयले जनाएको छ ।

इ सेभन भिसामा भनेको कुनै निश्चित क्षेत्रमा विशेषज्ञता वा प्राविधिक सिप हासिल गरेका दक्ष कामदारहरुलाई पात्र पठाउन अनुमति दिनेगरी कार्यविधि बनेको श्रम मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले जानकारी दिए । उनका अनुसार कोरियाले विशेष गरी इलेक्ट्रोनिक्स, मेकानिकल इन्जिनियरिङ, हार्डवेयर र सफ्टवेयर विकास, केयर गिभररहस्पिटालिटी लगायत विभिन्न क्षेत्रमा विशेषज्ञता भएका व्यक्तिहरूलाई इ सेभेन भिसा पाउने सक्छन् ।
तर यसको पछाडी केही म्यानपावर कम्पनीको पनि स्वार्थ लुकेको श्रम मन्त्रालयकै कर्मचारीहरु बताउँछन् । कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० ल्याएका थिए । त्यसलाई कार्यान्वन ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० को पहिलो संशोधन गर्दै प्रक्रिया अगाडि बढाएका हुन् ।

कोरियाले सन् २०२२ देखि नै प्राविधिक पेशामा काम गर्ने आप्रवासी कामदारहरुको कोटा बढाउने नीति लिएको छ । जसअनुसार पानीजहाज निर्माणका लागि वेल्डर, चित्रकारलगायत व्यवसायिक सिप हासिल गरेका कामदारको कोटा बढाएको हो । नेपाली कामदारका लागि यो अवसर भएको समेत श्रम मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले कोरियाले इ सेभेन भिषामार्फत वर्षेनि दश हजार बढी दक्ष नेपाली कामदारको माग गरेको छ । यस भिसामा जाने कामदारको न्यूनतम पारिश्रमिक करिब चार लाख नेपाली रूपैयासम्म हुनेछ ।

कोरियाले हाल कृषि तथा पशुपालन, उत्पादन र शिप बिल्डिङ क्षेत्रमा नेपाली माग गर्दै आएकोमा अब निर्माण र सेवा क्षेत्रमा समेत नेपाली माग गर्ने तयारी गरेको छ । यसअघि कोरियाले नेपालबाट कृर्षि तथा पशुपालन र शिप बिल्डिङमा भाषा परीक्षा गरिसकेको छ ।

कोरियाले सन् २०२५ का लागि ईपिएस अन्तर्गत १ लाख ३० हजार कोटा छुट्याएको छ । यो नेपालसहित १७ देशका लागि हो । यस वर्षदेखि क्षेत्रअनुसार निश्चित आवदेन मात्र लिने जनाइए पनि कुनै एक क्षेत्रमा जति पनि आवेदन दिन सकिने गरी लचिलो बनाइएको छ ।

सन् २०२४ मा ८ हजार २७५ पुरुष र १ हजार १० महिला गरी ९ हजार २८५ जना कोरिया गएका थिए भने यो वर्षको जुलाई २२ सम्म ६ हजार १५४ पुरुष र ५९८ महिलासहित ६ हजार ७५२ युवा गएका छन् ।

यो पनि