Close

Recent Posts

म्यानपावरले व्यक्तिगत रुपमा ई–सेभेन भिसामा दक्षिण कोरिया कामदार पठाउन पाउदैनन्

म्यानपावरले व्यक्तिगत रुपमा ई–सेभेन भिसामा दक्षिण कोरिया कामदार पठाउन पाउदैनन्
  • २७ असार २०८२, शुक्रबार १४:५५

काठमाडौं– दक्षिण कोरियामा इ–सेभेन भिसामा सीपयुक्त कामदारलाई पठाउने सम्बन्धमा एउटा कार्यविधि बनेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि लागू गर्ने तयारी थालेको छ ।

mulpatra

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेका अनुसार कार्यविधिमा ई–सेभन भिसा प्रणाली सञ्चालन मापदण्ड पूरा गरेका वैदेशिक रोजगारको कार्य गर्न अनुमतिप्राप्त नेपाली संस्थाहरूले नेपाली श्रमिक पठाउन सक्ने व्यवस्था गरिएको छ ।

नेपाली दूतावासले त्यस्ता कामदारको लागि मागपत्र प्रमाणित गरिदिनुपर्ने र पठाउने श्रमिकको छनोट पारदर्शी ढङ्गले गर्नुपर्ने पनि कार्यविधिमा जनाइएको छ । प्रमाणित भाषा प्रशिक्षकहरू राख्नुपर्ने, दक्षिण कोरियामा पनि यससँग सम्बन्धित कामका लागि अनुमतिप्राप्त संस्थाहरूसँग सम्झौता गरेको हुनुपर्ने जस्ता सर्तहरू लागू हुने छ ।

कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० ल्याएका थिए । त्यसलाई कार्यान्वन ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० को पहिलो संशोधन गर्दै प्रक्रिया अगाडि बढाएका हुन् ।

कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि रोकिएको थियो । अहिले कार्यविधि संशोधन गरेर पुनः अगाडि बढेको छ । ई–७ भिसामा कामदार पठाउने संशोधित कार्यविधि श्रम मन्त्रालयले रायका लागि कानून मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।

यस कार्यविधिमा म्यानपावरमा वैदेशिक रोजगारीमा कामदार पठाएको म्यानपावरले व्यक्तिगत भिसामा कामदार पठाउन नपाउने भएका छन् ।

कोरियाले इ सेभेन भिषा अन्तरगत निजी क्षेत्र अर्थात (बिटुबी) मार्फत कोरियाले दक्ष कामदार लैजाने छ । नेपालले इ सेभेन भिसा खुला गरेमा निजी क्षेत्रका म्यानपावर मेनपावर कम्पनीहरुले नेपाली दक्ष कामदारलाई कोरिया पठाउने छन् ।

कार्यविधिमा इ– सेभेन भिषामार्फत दक्षिण कोरिया नेपाली कामदार पठाउने व्यवस्था गरिएको छ । यस मोडलमार्फत म्यानपावरले कामदार पठाउँदा संस्थागतमार्फ पठाउन पाउने हो ।

छनोटलाई व्यवस्थापित र सहज बनाउन सूचनाप्रविधिको मोड्यूल सञ्चालन गर्न सकिने भन्दै कार्यविधिमा हवाई भाडा, श्रम स्वीकृति, बीमा, स्वास्थ्य परीक्षणसहितमा लाग्ने खर्च रोजगारदाता स्वयंले बेहोर्ने र बाँकी तोकिएबमोजिम हुने भनिएको छ ।

सरकारबाट नै गर्ने भनी रोजगारदाताका तर्फबाट अनुरोध भई आएमा विज्ञापन, दरखास्त र छनोट सम्पूर्ण प्रक्रिया सरकारको दक्षिण कोरिया हेर्ने शाखाले गर्ने जनाइएको छ ।

यो पनि