माछापुच्छ्रे बैंकको नाफामा उछाल, कति छ वितरणयोग्य मुनाफा ?

माछापुच्छ्रे बैंकको नाफामा उछाल, कति छ वितरणयोग्य मुनाफा ?
  • २१ श्रावण २०८२, मंगलवार ११:५२

काठमाडौं– गत आर्थिक वर्ष २०८१्८२ मा माछापुच्छ्रे बैंक लिमिटेडको नाफा ९२.४५ प्रतिशत बढेको छ । बैंकले प्रकाशित गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

mulpatra

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा र इम्पेरमेन्ट चार्ज घटेका कारण नाफा उल्लेख्य सुधार आएको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशत बढेर ५ अर्ब ७५ करोड ६७ लाख र खुद फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशत बढेर १ अर्ब २८ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी बैंकको कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत बढेर ७ अर्ब ४४ करो ६ लाख पुगेको छ भने सञ्चालन मुनाफा ९९.९१ प्रतिशत बढेर ३ अर्ब ३३ करोड २ लाख रुपैयाँ पुगेको छ ।

बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३१ पैसाबाट बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ ।

११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । असार अन्तयसम्म बैंकले अन्त्यसम्ममा बैंकले १८ खर्ब ४१ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।