स्वीकृती नलिई ठूलो पर्दामा विश्वकप देखाउन नपाइने

स्वीकृती नलिई ठूलो पर्दामा विश्वकप देखाउन नपाइने
  • २९ जेष्ठ २०८३, शुक्रबार ०६:३२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं ले पूर्वस्वीकृति बिना सार्वजनिक स्थानमा ठूलो पर्दामार्फत फिफा विश्वकप फुटबल २०२६ का खेलहरू प्रत्यक्ष प्रसारण नगर्न आग्रह गरेको छ ।

mulpatra

कार्यालयले बिहीबार सूचना जारी गर्दै विश्वकपका खेल देखाउने नाममा अनधिकृत रूपमा भिडभाड गर्न नपाइने स्पष्ट पारेको हो । फिफा विश्वकप आगामी जेठ २९ गतेदेखि सुरु हुँदैछ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार काठमाडौं जिल्लाभित्र कुनै पनि संघ–संस्था वा कम्पनीले सामूहिक रूपमा खेलको प्रत्यक्ष प्रसारण गर्न चाहेमा अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्नेछ । अनुमति नलिई रातिको समयमा ठूलो पर्दामा खेल देखाएर समुदायमा असर पर्ने वा शान्ति सुरक्षा खलबल्याउने गतिविधि गर्न नपाइने सूचनामा उल्लेख गरिएको छ ।

mulpatra mulpatra mulpatra

प्रशासनले सूचनाको अवज्ञा गर्दै स्वीकृति बिना भिडभाड गर्ने, अमर्यादित तथा उच्छृंखल गतिविधि सञ्चालन गर्ने वा गैरकानुनी कार्य गरेको पाइए कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

विश्वकप फुटबलका बेला होटल, रेस्टुरेन्ट, क्लब तथा सार्वजनिक स्थलहरूमा ठूलो पर्दामार्फत खेल हेर्ने दर्शकको भीड बढ्ने भएकाले सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको प्रशासनको भनाइ छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com