Close

Recent Posts

भृकुटीमण्डपमा तीन वर्षभित्र अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल निर्माण हुन्छः अर्थमन्त्री पौडेल

भृकुटीमण्डपमा तीन वर्षभित्र अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल निर्माण हुन्छः अर्थमन्त्री पौडेल
  • २२ श्रावण २०८२, बुधबार १०:५०

काठमाडौं– अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भृकुटीमण्डपमा आगामी तीन वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रवद्र्धनात्मक प्रदर्शनी स्थल निर्माण हुने बताएका छन् ।

mulpatra

बुधबार काठमाडौंमा आयोजित नाइमा मोबिलिटी एक्स्पो २०२५ को उद्घाटन गर्दै उनले सरकारले पूर्वाधार निर्माणलाई तीब्र गतिमा अगाडि बढाएको भन्दै यस्तो दाबी गरेका हुन् ।

‘१÷२ वर्षभित्र भन्ने अवस्था छैन, तर तीन वर्षभित्र भृकुटीमण्डपमा आधुनिक, प्रविधि मैत्री अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बन्नेछ,’ अर्थमन्त्री पौडेलले भने, “यसका लागि बजेटमार्फत सरकारले आवश्यक व्यवस्था गरिसकेको छ ।”

यस्तै अर्थमन्त्री पौडेलले विशेषगरी सडक पूर्वाधारमा सरकारको ध्यान केन्द्रित रहेको बताए । उनले भने, “धूलो र हिलो रहित सडक निर्माणका कामहरू अहिले तीव्र गतिमा अघि बढाइएका छन् ।”

भविष्यमा नेपालमा अन्तर्राष्ट्रिय स्तरका भौतिक पूर्वाधार निर्माणमार्फत आधुनिक प्रविधियुक्त सुविधा विकास गरिने पनि उनले बताए ।

यस्तै मन्त्री पौडेलले नाइमाले आफ्नो स्थापनाको औचित्य यस एक्स्पोमार्फत पुष्टी गरेको उल्लेख गरे । ‘उच्च गुणस्तरीय व्यवस्थापन’ सहित नाइमाले सुरु गरेको अटो एक्स्पो सराहनीय भएको भन्दै उनले यस्ता कार्यक्रमहरूले मुलुकको दिगो प्रविधि र मोबिलिटी क्षेत्रको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।