‘द भ्वाईस किड्स सिजन–४’ को फाइनल राउण्डमा प्रवेश गरेका स्मयन बजगाँई सफलता चुम्ने होडमा

‘द भ्वाईस किड्स सिजन–४’ को फाइनल राउण्डमा प्रवेश गरेका स्मयन बजगाँई सफलता चुम्ने होडमा
  • २२ श्रावण २०८२, बुधबार १२:३६

काठमाडौं– हिमालय टेलिभिजनमा प्रशारित कार्यक्रम ‘द भ्वाईस किड्स सिजन–४’ को फाइनल राउण्डमा प्रवेश गरेका स्मयन बजगाँईलाई सफलता हात पार्ने होडमा छन् । उनलाई विजयी गराउन बिर्तामोड उद्योग वाणिज्य संघको अपिल गरिएको छ । साथै बजगाँई बन्धु संघले समेत स्मयनलाई जिताउन अभियान नै चलाएको छ ।

mulpatra

गायन रियालिटी सो को अन्तिम राण्डमा रहेका उनलाई खल्ती एपमार्फत भोट गर्दै ‘द भ्वाईस किड्स सिजन–४’ को विजेता बनाउन बजगाई परिवारले अपिल गरेको छ । स्वरका धनी स्मयन बजगाँईलाई ‘द भ्वाईस किड्स सिजन–४’ को फाइनल राउण्डमा विजयी हुने प्रतिस्प्रर्धीका रुपमा हेरिएको छ ।

‘द भ्वाइस किड्स सिजन–४’ को फाइनल राउण्डमा प्रवेश गरेका स्मयनलाई अहिले सफलता चुम्ने होडमा साथ दिन देश–विदेशबाट प्रशंसा र समर्थन प्राप्त भइरहेको छ । सुमधुर स्वर, आत्मविश्वासपूर्ण प्रस्तुति र संगीतप्रतिको गहिरो लगावले उनले दर्शक र निर्णायक दुवैको मन जित्न सफल भएका छन् ।

अब फाइनल चरणमा स्मयनले जित हात पार्न जनमत (भोट) अत्यन्त महत्वपूर्ण हुने भएकाले उनका समर्थकहरू सामाजिक सञ्जालदेखि समुदायसम्म सक्रिय छन् । प्रतिभा, मेहनत र जनसमर्थनको बलमा स्मयनले ‘द भ्वाइस किड्स’को उपाधि जित्ने सम्भावना बलियो बन्दै गएको छ ।

आगामी शुक्रवार र शनिवार हुने फाइनल प्रतियोगिता हुने र गायनसंगै भोटकै आधारमा विजेता घोषणा गरिने भएकाले उनलाई भोट गर्न आग्रह गरिएको छ ।

प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे भ्वाइस किड्स प्रसारणमा आउन लागेको जानकारी गराएको हो । यो सिजनमा कोचका रूपमा सत्यराज आचार्य, मिलन नेवार, खेम सेञ्चुरी र मेलिना राई छन् । स्मयन बजगाँईलाई भने कोच सत्यराज आचार्यको टिमबाट निर्णय प्रतिस्प्रर्धीका रुपमा हेरिएका छन् ।

१६ वर्षभन्दा तलका बाल प्रतियोगीले मात्र प्रतिस्पर्धा गर्न पाउने मापदण्ड राखिएपनि यी दुई एपिसोड हेर्दा किड्स रियालिटी शो महसुस भएन ।