Close

Recent Posts

‘द भ्वाईस किड्स सिजन–४’ को फाइनल राउण्डमा प्रवेश गरेका स्मयन बजगाँई सफलता चुम्ने होडमा

‘द भ्वाईस किड्स सिजन–४’ को फाइनल राउण्डमा प्रवेश गरेका स्मयन बजगाँई सफलता चुम्ने होडमा
  • २२ श्रावण २०८२, बुधबार १२:३६

काठमाडौं– हिमालय टेलिभिजनमा प्रशारित कार्यक्रम ‘द भ्वाईस किड्स सिजन–४’ को फाइनल राउण्डमा प्रवेश गरेका स्मयन बजगाँईलाई सफलता हात पार्ने होडमा छन् । उनलाई विजयी गराउन बिर्तामोड उद्योग वाणिज्य संघको अपिल गरिएको छ । साथै बजगाँई बन्धु संघले समेत स्मयनलाई जिताउन अभियान नै चलाएको छ ।

mulpatra

गायन रियालिटी सो को अन्तिम राण्डमा रहेका उनलाई खल्ती एपमार्फत भोट गर्दै ‘द भ्वाईस किड्स सिजन–४’ को विजेता बनाउन बजगाई परिवारले अपिल गरेको छ । स्वरका धनी स्मयन बजगाँईलाई ‘द भ्वाईस किड्स सिजन–४’ को फाइनल राउण्डमा विजयी हुने प्रतिस्प्रर्धीका रुपमा हेरिएको छ ।

‘द भ्वाइस किड्स सिजन–४’ को फाइनल राउण्डमा प्रवेश गरेका स्मयनलाई अहिले सफलता चुम्ने होडमा साथ दिन देश–विदेशबाट प्रशंसा र समर्थन प्राप्त भइरहेको छ । सुमधुर स्वर, आत्मविश्वासपूर्ण प्रस्तुति र संगीतप्रतिको गहिरो लगावले उनले दर्शक र निर्णायक दुवैको मन जित्न सफल भएका छन् ।

mulpatra mulpatra mulpatra

अब फाइनल चरणमा स्मयनले जित हात पार्न जनमत (भोट) अत्यन्त महत्वपूर्ण हुने भएकाले उनका समर्थकहरू सामाजिक सञ्जालदेखि समुदायसम्म सक्रिय छन् । प्रतिभा, मेहनत र जनसमर्थनको बलमा स्मयनले ‘द भ्वाइस किड्स’को उपाधि जित्ने सम्भावना बलियो बन्दै गएको छ ।

आगामी शुक्रवार र शनिवार हुने फाइनल प्रतियोगिता हुने र गायनसंगै भोटकै आधारमा विजेता घोषणा गरिने भएकाले उनलाई भोट गर्न आग्रह गरिएको छ ।

प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे भ्वाइस किड्स प्रसारणमा आउन लागेको जानकारी गराएको हो । यो सिजनमा कोचका रूपमा सत्यराज आचार्य, मिलन नेवार, खेम सेञ्चुरी र मेलिना राई छन् । स्मयन बजगाँईलाई भने कोच सत्यराज आचार्यको टिमबाट निर्णय प्रतिस्प्रर्धीका रुपमा हेरिएका छन् ।

Image Source: © https://mulpatra.com

१६ वर्षभन्दा तलका बाल प्रतियोगीले मात्र प्रतिस्पर्धा गर्न पाउने मापदण्ड राखिएपनि यी दुई एपिसोड हेर्दा किड्स रियालिटी शो महसुस भएन ।