Close

Recent Posts

विश्वप्रकाश भन्छन्, संसदीय समितिले दिएको प्रतिवेदनको मर्म अनुसार पार्टीले रामहरिबारे निर्णय लिन्छ

विश्वप्रकाश भन्छन्, संसदीय समितिले दिएको प्रतिवेदनको मर्म अनुसार पार्टीले रामहरिबारे निर्णय लिन्छ
  • २२ श्रावण २०८२, बुधबार १२:४६

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदीय समितिले पेश गरेको प्रतिवेदनको मर्म अनुसार पार्टीले निर्णय लिने बताएका छन् ।

mulpatra

उनका अनुसार समितिले खतिवडाको भूमिका माथि प्रश्न उठेपछि उनले नैतिकताको आधारमा पद छोड्नुपर्ने कांग्रेसभित्र र बाहिरबाट आइरहेको छ ।

कुलिङ अफ पिरियडको प्रावधानप्रति भएको चलखेलप्रति समितिले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको शर्माले बताए । ‘खतिवडाका विषयमा पार्टीभित्र छलफल हुने र प्रतिवेदनको मर्म अनुसार निर्णय गर्छ । समितिले प्रतिवेदनको उल्लेख गरेका विषयलाई दृष्टिगत गरेर पार्टीले आवश्यक निर्णय लिन्छ ।’ उनले भने ।

खतिवडा सभापति रहेको समितिमा कुलिङ अफ पिरियड राख्नका लागि सर्वसम्मत निर्णय भएको थियो । तर, प्रतिनिधि सभाबाट पारित हुँदा समितिबाट पारित भए भन्दा फरक व्यवस्था विधेयकमा राखिएको थियो ।

विधेयकमा फरक प्रावधान राखेर पारित संसदबाट पारित भएपछि त्यसमा छानविन गर्न संसदीय समिति बनेको थियो । कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा रहेको समितिले तयार गरेको प्रतिवेदन मंगलबार संसदमा पेश गरिएको छ ।