साउन लागेपछि २ खर्ब २७ अर्ब तरलता खिच्यो

काठमाडौं– राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुवाती १८ दिनमै राष्ट्र बैंकले २ खर्ब २७ अर्ब रुपैयाँ प्रणालीबाट खिचिसकेको छ । देशको वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेकाले बैंकले फेरि ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको छ ।
यसअघि साउन ४, ७, ११, १४ र १८ गते गरी कुल २ खर्ब २७ अर्ब रुपैयाँ प्रशोचन गरिसकिएको छ। बैंक तथा वित्तीय संस्थामा थुप्रिएको तरलता हटाउन राष्ट्र बैंक सक्रिय देखिएको छ ।
आज (साउन २०) राष्ट्र बैंकले ३५ दिने निक्षेप संकलन उपकरणमार्फत तरलता तान्नेछ। यो साउन महिनामा राष्ट्र बैंकले गरिरहेको छैटौं पटकको तरलता प्रशोचन हो ।
हाल बैंकिङ प्रणालीमा कर्जाको माग कमजोर छ भने निक्षेप भने बढिरहेको छ । व्यवसायमा सुस्तता र बजारमा लगानीको माग नहुँदा बैंकमा पैसा थुप्रिएको हो। राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा (ब्म्ँ) मार्फत पनि तरलता व्यवस्थापन गरिरहेको छ ।
तरलता प्रशोचनमार्फत बैंकिङ प्रणालीमा सन्तुलन कायम गर्ने प्रयास भइरहेको छ । बैंकहरूले लगानीयोग्य परियोजनाको अभावमा कर्जा विस्तार गर्न नसक्दा यस्तो अवस्था देखिएको हो ।