नाइमा एक्स्पो गाडीका नयाँ मोडलहरु सार्वजनिक

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा नाइमा एक्स्पो–२०२५ सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमां) को आयोजनामा हिजो बुधबार देखि सुरु एक्स्पोमा ५० वटा ब्रान्डका सवारीसाधन राखिएका छन् ।
एक्स्पोमा दुई पांङ्ग्रे, चार पांङ्ग्रे र व्यवसायीक सवारी साधानका नयाँ मोडलहरु समेत सार्वजनिक गरिएको छ । यही साउन २५ गतेसम्म चल्ने एक्स्पोमा ३५ वटा नयाँ भेरिएन्टका सवारीसाधन सार्वजनिक गरिएको छ ।
दसैं छुट अफरसहित राखिएको एक्स्पोमा ८० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखेको आयोजक संस्थाकी अध्यक्ष ऋतुसिंह बैद्यले जनाएकी छिन् ।
नाइमाकी अध्यक्ष वैद्यले एक्स्पोलाई आयातकर्ताका लागि सवारीसाधन बेच्ने माध्यम मात्र नभई समाज र उपभोक्तालाई पनि प्रभाव पार्ने र चेतना जगाउने थलो बनाउने प्रयास गरिएको बताएकी छिन् ।
एक्स्पोमा बीवाईडी, एमजी, ओमोडा, फोर्थिङलगायत ३५ नयाँ सवारी सार्वजनिक भएका छन् ।