ट्रम्पको धक्कापछि मोदीको सी जिनपिङ र पुटिनसँग मोर्चाबन्दी गर्ने तयारी ?

काठमाडौं– अमेरिकाले २५ प्रतिशत भन्सार दर बढाएर थप प्रतिबन्ध लगाउने चेतावनी दिइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाने भएका छन् ।
सात वर्षपछि उनको चीन भ्रमण हुन लागेको र यो भ्रमण अमेरिकासँग्को तनावका बीच भइरहेको रोयटर्सले जनाएको छ । अगस्ट ३१ बाट हुने सांघाइ कोअपरेशनको शिखर सम्मेलनमा भाग लिने गरी मोदी बेइजिङ जान लागेका हुने् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल किनिरहे भारतमाथि थप भन्सार लगाउने चेतावनी दिइरहेका छन् । जबकी चीन रुसबाट सबैभन्दा धेरै तेल किन्ने मुलुक हो । अमेरिकाको यो कदमपछि भारत र चीन नजिकिनेमात्र नभएर उनीहरुले रुससँग थप मजबुत सम्बन्ध बनाउने आँकलन समेत गरिएको छ ।
भारत र चीनबीचको सीमा तनाव र कूटनीतिक चिसोपनपछिको यो भ्रमणलार्य महत्वपूर्ण कूटनीतिक प्रयासका रूपमा हेरिएको छ।यस भ्रमणलाई भारत–चीन सम्बन्ध सुधार्ने कोशिस, व्यापारिक सन्तुलन खोज्ने रणनीति, र क्षेत्रीय स्थायित्वमा भारतको पुनः सक्रियताका रूपमा लिइएको भारतीय कुटनीतिज्ञहरुले बताएका छन् ।
ट्रम्पको धक्कापूर्ण कदमपछि मोदी देशभित्र पनि दबाबमा छन् । उनले अमेरिकी पछिल्लो निर्णयकोबारेमा केही बोलेका छैनन् तर विहीवार एक कार्यक्रममा देशका किसान र कृषि क्षेत्रको हितका विषयमा कसैसँग सम्झौता नहुने बताएका छन् । भारतले अमेरिकामा कृषि उपजको ब्यापार गर्छ र भन्सार दर बढेपछि त्यसको प्रत्यक्ष असर पर्नेछ ।
यसैबीच, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल अहिले रूसमा छन् । ट्रम्पले भारतलाई रूसी कच्चा तेल किन्न रोक्न दबाब दिएपछि भारतले रूसी तेल खरिद गर्ने बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ ।
डोभालले रुससँगको भारतको रक्षा सहयोगलाई सम्बोधन गर्ने सम्भावना छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्भावित भारत भ्रमण पनि डोभालको भ्रमणको एजेण्डामा रहेको भारतीय अधिकारीहरुलाई उदृत गर्दै रोयटर्सले जनाएको छ । डोभालको भ्रमणपछि आगामी विदेशमन्त्री जयशंकर मस्को जाँदैछन् ।