Close

Recent Posts

निर्वाचन आयोगको स्वमूल्यांकन कार्यविधि ९ दलको अस्वीकार्य

निर्वाचन आयोगको स्वमूल्यांकन कार्यविधि ९ दलको अस्वीकार्य
  • २३ श्रावण २०८२, बिहीबार १७:४१

काठमाडौं– नेकपा माओवादी केन्द्रसहितका विभिन्न ९ दलले निर्वाचन आयोगले प्रस्ताव गरेर दलहरुलाइ पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ अस्वीकार गर्ने भएका छन् ।

mulpatra

बिहीबार निर्वाचन आयोगमामा पुगेर संयुक्तरुपमा सुझाव दर्ता गराउँदै कार्यविधिप्रति स्पष्ट असहमति जनाएका हुन् । नेकपा एकीकृत समाजवादीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले ९ वटै दल निर्वाचन आयोगमा पुगेर कार्यविधि अस्वीकार्य हुने सुझाव दर्ता गराएको बताएका छन् ।

‘यो कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत छ ,’ आयोगमा सुझाव बुझाएपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ , ‘संघीय कानुन दुरुपयोग गर्दै प्रत्यायोजित विधायनको नाममा छुट्टै ऐनजस्तै कानुन मस्यौदा गरेर निर्वाचन आयोगले संघीय संसद्को क्षेत्राधिकार अतिक्रमण गर्ने प्रयास गरेको हुँदा यसप्रति हाम्रो स्पष्ट असहमति तथा विरोध छ ।’