‘नाइमा एक्स्पो’ मा टायोटाको कति गाडी बुकिङ्ग भए

‘नाइमा एक्स्पो’ मा टायोटाको कति गाडी बुकिङ्ग भए
  • २७ श्रावण २०८२, सोमबार १८:३२

काठमाडौं– राजधनीको भृकुटीमण्डमा आयोजित ६ दिने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आज सकिँदैछ । टोयोटाको स्मार्ट हाइब्रिड इलेक्ट्रिक टेक्नोलोजी र लक्सरी अपग्रेडले ग्राहकहरूको ध्यान आकर्षित गरेको छ । एक्स्पोमा टोयोटा कम्पनीका २६ वटा गाडी बुकिङ भएको प्रतिनिधिहरु बताउँछन् ।

mulpatra

नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटका अनुसार एक्स्पोमा टोयोटाको तीन प्रमुख मोडल यारिस क्रस हाइब्रिड इलेक्ट्रिक, ल्याण्ड क्रुजर २५० र हाइब्रिड इलेक्ट्रिक प्रदर्शनीमा राखिएका थिए ।

टोयोटाले एक्स्पोमा बुकिङ गर्ने प्रत्येक ग्राहकलाई मेगा डिस्काउन्ट, प्लाटिनम कार्ड, र जिन्दगीभरको पिकअप र ड्रप सुविधा दिने घोषणा गरेको थियो । ग्राहक तथा अवलोकनकर्ताको आकर्षण यारिस क्रस हाइब्रिड इलेक्ट्रिकमा विशेष रहेको थियो, जसको मूल्य १ करोड २९ लाख रुपैयाँ तोकिएको छ ।