Close

Recent Posts

जीवन बीमा कम्पनीको व्यवसाय सहरकेन्द्रित, १ खर्ब ८२ अर्ब २७ करोड बीमाशुल्क संकलन

जीवन बीमा कम्पनीको व्यवसाय सहरकेन्द्रित, १ खर्ब ८२ अर्ब २७ करोड बीमाशुल्क संकलन
  • २८ श्रावण २०८२, मंगलवार १६:१३

काठमाडौं– नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आव २०८१÷८२ मा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले १ खर्ब ८२ अर्ब २७ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

mulpatra

जसमध्ये बागमती प्रदेशमा मात्रै बीमा कम्पनीहरूले ८० अर्ब ३ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो कुल व्यवसायको ४३.९१ प्रतिशत हिस्सा हो । बीमा कम्पनीहरूले दोस्रो धेरै व्यापार लुम्बिनी प्रदेशबाट गरेका छन् । गत आवमा कम्पनीहरूले लुम्बिनी प्रदेशबाट २८ अर्ब ७१ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन बीमा कम्पनीहरूको कुल व्यवसायको १५.७५ प्रतिशत हिस्सा हो ।

कम्पनीहरूले तेस्रो धेरै व्यापार कोशी प्रदेशमा गरेका छन् । कम्पनीहरूको कुल व्यवसायको १२.२५ प्रतिशत हिस्सा कोसी प्रदेशमा देखिन्छ । समीक्षा वर्षमा कम्पनीहरूले कोशी प्रदेशबाट २२ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

mulpatra mulpatra mulpatra

समीक्षा वर्षमा कम्पनीहरूले गण्डकी प्रदेशबाट १८ अर्ब ४५ करोड ११ लाख रुपैयाँ, मधेश प्रदेशबाट १६ अर्ब ३१ करोड ४५ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ११ अर्ब १८ करोड ७५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

जीवन बीमकको कुल व्यापारमा गण्डकीको हिस्सा १०.१२ प्रतिशत, मधेश प्रदेशको ८.९५ प्रतिशत र सुदूरपश्चिमको ६.१४ प्रतिशत रहेको छ ।

बीमा कम्पनीहरूको सबैभन्दा न्यून व्यापार कर्णाली प्रदेशबाट भएको छ । तथ्यांकअनुसार कुल व्यापारमा कर्णालीको हिस्सा २.८८ प्रतिशत हिस्सा रहेको छ । गत आवमा बीमा कम्पनीहरूले गण्डकी प्रदेशबाट ५ अर्ब २४ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

Image Source: © https://mulpatra.com

जीवन बीमा कम्पनीहरूको व्यवसाय सहरकेन्द्रित हुँदै गएको छ । यस्तो तथ्यांकले नै देखाउँछ । गत आर्थिक वर्षमा जीवन बीमा व्यवसायको आधा हिस्सा बागमती प्रदेशले ओगटेको पाइएको छ ।