Close

Recent Posts

राप्रपाको युवा संगठनमा लफडा, राणा समूहले गरे समानान्तर समिति घोषणा

राप्रपाको युवा संगठनमा लफडा, राणा समूहले गरे समानान्तर समिति घोषणा
  • २९ श्रावण २०८२, बुधबार १५:०४

काठमाडौं । राष्ट्रिय प्रजान्त्र पार्टी (राप्रपा) का धवन शमसेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका छन् । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला समितिको अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशन स्थगनको घोषणा गरेपछि राणा पक्षधरले समानान्तर कमिटि घोषणा गरेका हुन् ।

mulpatra

काठमाडौं अधिवेनमा दुई पक्षबीच हात हालाहाल भएपछि अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गर्न निर्देशन दिएका थिए । अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गर्न निर्देशन दिए लगत्तै असन्तुष्ट पक्षले नयाँ समिति गठन गरेको छ ।

असुन्तुष्ट समूहले घोषणा गरेको समितिमा ज्योति लामा अध्यक्ष रहने निर्णय गरेको छ । लामाको अध्यक्षतामा २८ सदस्यीय समिति समेत गठन गरेको घोषणा गरिएको छ । जसमा तीन सदस्य पछि थप्ने गरि हाल २५ जनाको नाम सार्वजनिक गरिएको छ । लिङ्देन पक्ष कार्यक्रमस्थल छोडेर हिँडेपछि राणा समूहले नयाँ समिति निर्वाचित भएको घोषणा गरेको छ ।