Close

Recent Posts

‘मपनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ’

‘मपनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ’
  • ३१ श्रावण २०८२, शुक्रबार ११:२६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एआई प्रविधिमा भरपुर उपयोग गरिरहेको बताएका छन् । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५माको पावर संवादमा भाग लिँदै प्रधानमन्त्री ओलीले आफू एआई मज्जाले चलाइरहेको बताए ।

mulpatra

तर, कलिला बालबालिकालाई भने मोबाइलबाट जोगाउनुपर्नेमा प्रधामन्त्री ओलीले जोड दिए। उनले बालबालिकाहरू मोबाइलमा गेम खेल्नेतिर मात्र गएको भन्‍दै बालबालिकालाई थप अरू सिर्जनात्मक काममाम लगाउनु पर्ने बताए । ‘अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘ तर, हुर्कदै गर्दा अरु कुरा सिकाउनुपर्छ। म पनि एआईको भरपुर उपयोग गर्छु। च्याटजीपीटीलाई सोध्यो भने सबै भन्दिहाल्छ ।

उनले भने, ‘ बालबालिकालाई मोबाइलबाट जोगाउ भन्ने अवस्था आइसक्यो। मोबाइल यस्तो भयो, जे खोजे पनि पाइन्छ,’ उनले भने, ‘ त्यसैले आकर्षणको केन्द्र भयो। यसमा खाली गेमको कुरा हैन अरु पनि छन् । साना उमेरमा बच्चालाई जोगाउनुपर्छ।’

उनले प्रविधिको प्रयोगमा युवाहरको आकर्षण बढाउनु पर्नेमा जोड दिए । ‘मैले त प्रयोग गरिरहेको हुन्छु भने युवाले झन गर्नुपर्छ। यस्ता राम्रा कुरा बालबालिकालाई सिकाउनुपर्छ।’ उनले भने ।

आफू टेक्निकल क्षेत्रको मान्छे नभए पनि आइसिटी र एआई अघि बढाउने सरकार नीति मन्त्रिपिषदबाट पास गरिसके समेत बताए । उनले भने, ‘म टेक्निकल क्षत्रको मान्छे हैन, एआईको पनि हैन। तर, कसरी आइसिटी र एआईलाई अघि बढाउने सोचिरहेका छौँ । हिजोमात्र एआईसम्बन्धी निति मन्त्रीपरिषदबाट पास गरेका छौँ। यसमा धेरै काम गर्न आवश्यक छ।’

संसारमा जुनसुकै प्रविधि आए पनि मानव मष्तिष्कलाई कसैले पनि जित्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘अहिले एआईसग मान्छे डराएको देख्छु। तर, मानव मस्तिष्कलाई कसैले च्यालेन्ज गर्न सक्दैन। यो सृष्टिलाई जित्न सक्दैन।’ उनले भने।