Close

Recent Posts

राप्रपा अध्यक्ष लिङ्देनलाई प्रसाईले लगाए गाडी चोरको सन्तान भएको आरोप, अब बदमासहरू भाग्न पाउँदैनन्

राप्रपा अध्यक्ष लिङ्देनलाई प्रसाईले लगाए गाडी चोरको सन्तान भएको आरोप, अब बदमासहरू भाग्न पाउँदैनन्
  • २ भाद्र २०८२, सोमबार १५:१८

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले गत चैत १५ गते तीनकुनेमा इन्काउन्टर गर्ने उद्देश्यले नै आफूमाथि गोली चलाएको आरोप लगाएका छन् ।

mulpatra

जेलबाट छुटेपछि सोमबार पहिलोपटक पत्रकार सम्मेलन गरेका प्रसाईंले सरकारमाथि यस्तो आरोप लगाएका हुन् । आफ्नो समय आएपछि बदमासी गर्ने कोही पनि भाग्न नपाउने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गरेका प्रसाईंले अहिले आफ्नो दिन नआएकाले ७८ दिन हिरासतमा बसेको जिकिर गरे ।

उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई गाडी चोरेर पाटपुर्जा बेच्नेको परिवारको संज्ञा दिएका छ । लिङ्देनले प्रसाईलाई बैंक ठग भनेर आरोप लगाएका थिए । त्यसको जवाफ दिँदै बैंकहरुको अहिलेसम्म ब्याज तिरीरहेको कहिकतै कालोसुचिमा नरहेको भन्दै राप्रपा अध्यक्ष लिङ्देनलाई भारतबाट गाडी चोरेर ल्याएर झापाका काटेर बेच्ने परिवारसँग जोडेर आरोप लगाएका छन् ।

mulpatra mulpatra mulpatra

प्रसाईंले आफ्नो पालो नआउने देखेर नै राजा वीरेन्द्र र एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई मारिएको आरोप समेत लगाउन भ्याए ।

यो देशमा मदन भण्डारी बाँचेको भए अरूको चान्स आउने थिएन । राजा वीरेन्द्रलाई मारेर हिन्दूराष्ट्र अस्तित्व जाने थिएन । यहाँ कसरी कुर्सी तान्ने, सत्ताको लुछाचुँडी गर्ने यी सबै खेल भइरहेको छ ।’ उनले भने ।