राप्रपा अध्यक्ष लिङ्देनलाई प्रसाईले लगाए गाडी चोरको सन्तान भएको आरोप, अब बदमासहरू भाग्न पाउँदैनन्

राप्रपा अध्यक्ष लिङ्देनलाई प्रसाईले लगाए गाडी चोरको सन्तान भएको आरोप, अब बदमासहरू भाग्न पाउँदैनन्
  • २ भाद्र २०८२, सोमबार १५:१८

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले गत चैत १५ गते तीनकुनेमा इन्काउन्टर गर्ने उद्देश्यले नै आफूमाथि गोली चलाएको आरोप लगाएका छन् ।

mulpatra

जेलबाट छुटेपछि सोमबार पहिलोपटक पत्रकार सम्मेलन गरेका प्रसाईंले सरकारमाथि यस्तो आरोप लगाएका हुन् । आफ्नो समय आएपछि बदमासी गर्ने कोही पनि भाग्न नपाउने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गरेका प्रसाईंले अहिले आफ्नो दिन नआएकाले ७८ दिन हिरासतमा बसेको जिकिर गरे ।

उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई गाडी चोरेर पाटपुर्जा बेच्नेको परिवारको संज्ञा दिएका छ । लिङ्देनले प्रसाईलाई बैंक ठग भनेर आरोप लगाएका थिए । त्यसको जवाफ दिँदै बैंकहरुको अहिलेसम्म ब्याज तिरीरहेको कहिकतै कालोसुचिमा नरहेको भन्दै राप्रपा अध्यक्ष लिङ्देनलाई भारतबाट गाडी चोरेर ल्याएर झापाका काटेर बेच्ने परिवारसँग जोडेर आरोप लगाएका छन् ।

प्रसाईंले आफ्नो पालो नआउने देखेर नै राजा वीरेन्द्र र एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई मारिएको आरोप समेत लगाउन भ्याए ।

यो देशमा मदन भण्डारी बाँचेको भए अरूको चान्स आउने थिएन । राजा वीरेन्द्रलाई मारेर हिन्दूराष्ट्र अस्तित्व जाने थिएन । यहाँ कसरी कुर्सी तान्ने, सत्ताको लुछाचुँडी गर्ने यी सबै खेल भइरहेको छ ।’ उनले भने ।