Close

Recent Posts

कांग्रेस–एमालेकै संसदीय दलको आकस्मिक बैठक, केही महत्वपुर्ण निर्णय हुने सम्भावना

कांग्रेस–एमालेकै संसदीय दलको आकस्मिक बैठक, केही महत्वपुर्ण निर्णय हुने सम्भावना
  • ३ भाद्र २०८२, मंगलवार १०:२८

काठमाडौं– सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

mulpatra

आकस्मिक रुपमा बोलाइएको बैठकको एजेन्डा केही खुलाइएको छैन । साढे दश बजे सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बोलावट भएको एमाले सांसद सूर्य थापाले जानकारी दिए ।

प्रतिनिधि सभाको बैठक भोलि बुधबार बस्दैछ । त्यसअगाडि आज एमालेले संसदीय दलको बैठक आकस्मिक रुपमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यस्तै नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी छ । पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ । लगत्तै सांसदहरूलाई सिंहदरबार बोलावट भएको छ ।

कांग्रेसका सांसदहरूका अनुसार बिहान १० बजेदेखि २ बजेसम्म कांग्रेसका सांसदलाई सिंहदरबार बोलाइएको छ ।