महाअभियोगका बारेमा थाहा छैन, आफुमाथि महाअभियोग लगाउन कारण म देख्दिन: उपसभामुख राना

काठमाडौं–उपसभामुख इन्दिरा राना अमेरिका भ्रमणमा छिन् । राना अमेरिका रहेकै बेला नेपालमा उनलाई पदबाट हटाउने तयारी भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले रानालाई पदबाट हटाउनको लागि हस्ताक्षर संकलन सुरु गरेका छन् ।
अमेरिका भ्रमण रहेकी उनले आफुलाई महाअभियोग लगाउन कारण नभएको जानकारी मूलपत्रलाई दिएकी छिन् । उपसभामुख इन्दिरा रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै महाअभियोगको प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् । यो मुद्धा पहिला नै टुगिएको र यसमा महाअभियोग लगाउनुपर्ने कारण नभएको उपसभामुख रानाले जानकारी दिइन् ।
आफुले सामान्य पत्र लेखेकै भरमा महाअभियोग लगाउने आधार नभएको र अरुका पनि यस्तो ठुलै घटना अन्य पार्टीका छन् । फेरी यसमा केका आधारमा महाअभियोग लगाउने भनेर उनले प्रश्न गरिन । आफुलाई महाअभियोग लगाउने आधार नभएको र यसलाई सामान्य रुपमा हेर्दा नेपालको राजनीतिक संरचना बिग्रिने उनको भनाइ छ ।
रानाले नेपालमा यस्तो घटनाले ठुलै राजनीतिक अस्थिरता भित्र्याउने र यस्तै घटनाका कारण राजनीतिक विकृति सिर्जना हुन्छ । उपसभामुख इन्दिराले आफुलाई महाअभियोग लगाउने आधार नभएएको दाबी गरिन । उनले एउटा पत्र लेखेका आधारमा महाअभियोग लगाउन खोज्नु राजनीतिक अपराध हुने बताइन् ।
आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा बोलाएको एमालेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा धमाधम हस्ताक्षर गराएको हो । अहिले आफूहरू उपस्थित भएर हस्ताक्षर जारी गरिरहेका छन् । एमाले सांसद मुख्य सचेतकको कार्यकक्षमा छिरेर हस्ताक्षर गर्दै निस्किरहेका छन् ।
कांग्रेसले पनि आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा १२ बजेभित्र सांसदहरू दलको कार्यालयमा उपस्थित हुने गरी बोलाइसकेको छ । त्यसअघि कांग्रेसको पदाधिकारी बैठक जारि छ । उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।
उनी गत साउन ३० गते अमेरिका गएकी हुन् । यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ ।