Close

Recent Posts

मलेसियाले ३ क्षेत्रमा ४० हजार विदेशी कामदारको कोटा खुल्यो, तत्काल सिण्डिकेट जोडिएन

मलेसियाले ३ क्षेत्रमा ४० हजार विदेशी कामदारको कोटा खुल्यो, तत्काल सिण्डिकेट जोडिएन
  • ४ भाद्र २०८२, बुधबार १४:२१

काठमाडौं– मलेसियाले तीन क्षेत्रमा विदेशी कामदारको माग गरेको छ । कृषि, वृक्षारोपण र खानीलगात क्षेत्रमा विदेशी कामदारहरूको रोजगार कोटाको लागि आवेदन अब डिसेम्बर ३१ सम्म खुला गरेको मलेसियाली सञ्चारमाध्य ‘द इडिडिजी’ले जनाएको छ ।

mulpatra

गत जुलाई ९ तारिकसम्म ४ सय ३४ कम्पनीका लागि ३४ हजार विदेशी कामदार भर्नाका लागि स्वीकृति दिएकोमा विदेशी कामदारको अभाव यथावत् रहेपछि थप कामदारको कोटा स्वीकृत गर्न लागेको प्लान्टेसन एन्ड कमोडिटिज मन्त्रालयको विज्ञप्तीमा उल्लेख भएको विषयमा द इडिडिजी’ले भनेको छ ।

सेवा क्षेत्रका लागि, सैफुद्दीन नासुशनले भने कि अनुमति प्राप्त उपक्षेत्र थोक तथा खुद्रा, जग्गा गोदाम, सुरक्षा गार्ड, धातु तथा स्क्र्याप सामग्री, रेस्टुरेन्ट, लुगा धुने, कार्गो र भवन सफाईका लागि पनि विदेशी कामदारको माग गरिएको जनाएका छन् ।

द इडिडिजी’ले मलेसियाका गृहमन्त्री दातुक सेरी सैफुद्दीन नासुशन इस्माइलले भने कि कृषि, वृक्षारोपण र खानी क्षेत्रहरूको लागि विदेशी कामदार रोजगारीको लागि आवेदनहरू अनुमति दिइएको बताएका छन् ।

गृहमन्त्री र मानव संसाधन मन्त्री स्टीवन सिम बीचको विदेशी कामदार व्यवस्थापन सम्बन्धी १४ औं संयुक्त समितिको बैठक, बिल २०२५ पछि आयोजित पत्रकार सम्मेलनमा यो कुरा प्रष्ट पारेका हुन् ।

निर्माण क्षेत्रको लागि, विदेशी कामदार भर्तीलाई सरकारी परियोजनाहरू संलग्न उप क्षेत्रहरूको लागि मात्र अनुमति दिइएको छ । जबकि उत्पादन क्षेत्रको लागि, यो मिडा मलेसियाली लगानी विकास प्राधिकरणअन्तर्गत नयाँ लगानीमा केन्द्रित हुने गृहमन्त्रीले भनेका छन् ।

ऐफुद्दीन नासुशनले भने कि यस चरणको आवेदनहरू सम्बन्धित क्षेत्रहरूसँग सम्बन्धित एजेन्सीहरूले मात्र पेश गर्न सक्छन्, पहिलेको अभ्यासले एजेन्टहरू र रोजगारदाताहरूलाई स्वतन्त्र रूपमा आवेदन दिन अनुमति दिएको थियो । आगामी दिनमा भने यसको अभ्यास रोकिएको उनको संकेत छ । उनले भने कि स्वीकृति प्रक्रिया संयुक्त समिति स्तरमा अन्तिम रूप दिनु अघि विदेशी कामदार प्राविधिक समितिद्वारा जाँच गरिनेछ ।

मलेसिया रोजगारीमा सिण्डिकेट तत्काल अथवा भविष्यमा समेत नलाग्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पुर्वसचिव कर्णराज कटुलावले दाबी गरे । मलेसिया सरकारले स्वच्छ भर्ना प्रक्रियाबाट विदेशी कामदार लिने रणनीति बनाएको उनले बताए । ‘मलेसिया रोजगारीमा सिण्डिकेट हुँदैन् । यो सम्भव पनि छैन । मलेसिया रोजगारमा सिण्डिकेटका प्रयास गर्नु नै गलत हो । यसको प्रतिवाद सबैले गर्नुपर्छ ।’

वैदेशिक रोजगार क्षेत्रमा सिण्डिकेटका अन्त्य र यसको शुदीकरण आवश्यक रहेको र यसका लागि आम व्यवसायी लाग्नुपर्ने उनको भनाइ छ । मलेसिया रोजगारीमा सिण्डिकेट लगाउन केही व्यवसायी र गैरम्यानपावर व्यवसायी लागि परेका छन् । जसका कारण यो समस्या तत्काल समाधान नभएको उनीहरुको भनाइ छ ।

मलेसिया अध्यागमन विभागको तथ्यांकअनुसार यस वर्ष जुन ३० सम्म प्लान्टेसन क्षेत्रमा २ लाख ५८ हजार १ सय ५३ विदेशी रहेका छन् । करार अनुमतिको समयावधि सकिएका कारण कामदारहरू बिदामा घर फर्किँदा पनि विदेशी कामदारहरूको थप आवश्यकता देखिएको बताइएको छ । लगभग ८० प्रतिशत आप्रवासीहरू रहेकोे मलेसियाको प्लान्टेसन क्षेत्रमा इन्डोनेसिया, भारत, नेपाल र बंगलादेशबाट गएका कामदार कार्यरत रहेका छन् । मलेसियाले विश्वको ३९ प्रतिशत पाम तेल उत्पादन गर्छ भने विश्वभर हुने निर्यातको ४४ प्रतिशत हिस्सा ओगटेको छ ।