Close

Recent Posts

बैंकहरुले एकै वर्ष तिरे झन्डै ३३ अर्ब कर, कुन् बैंकको कति

बैंकहरुले एकै वर्ष तिरे झन्डै ३३ अर्ब कर, कुन् बैंकको कति
  • ४ भाद्र २०८२, बुधबार २०:३०

काठमाडौं– बैंकहरुले एकै वर्ष झन्डै ३३ अर्ब कर बुझाएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने पर्छ । बैंकहरुले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्ने प्रवाधान छ ।

mulpatra

सोही प्रावधान अनुसार बैंकहरुले गत आर्थिक वर्ष २०८१–८२ मा ३२ अर्ब ८० करोड १४ लाख रुपैयाँ कर बुझाएका छन् । यो अघिल्लो वर्षको तुलनामा २३.५६ प्रतिशत धेरै हो । अघिल्लो वर्ष पनि २६ अर्ब ५४ करोड ८० लाख रुपैयाँ कर बुझाएका थिए ।

गत वर्ष अधिकांश बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । नाफा बढेसँगै बैंकहरुले सरकारलाई बुझाउने कर पनि उच्च दरमा बढेको हो । गत आवमा बैंकहरुले ७१ अर्ब १८ करोड ४४ लाख रुपैयाँ बढी नाफा कमाएका छन् । यो अघिल्लो वर्षको तुलनामा भने ४३.६८ प्रतिशत बढी हो ।

गत वर्ष सबैभन्दा धेरै कर कुमारी बैंकले बुझाएको छ । बैंकले ३ अर्ब ६६ करोड ४९ लाख रुपैयाँ कर बुझाएको हो । जबकि, अघिल्लो वर्ष ९९ करोड ४३ लाख रुपैयाँ मात्रै बुझाएको थियो ।

प्रायः सर्वाधिक कर बुझाउने सूचीको पहिलो स्थानमा नबिल पदथ्र्यो । तर, गत वर्ष भने दोस्रो स्थानमा पुगेको छ । नबिल गत वर्ष ३ अर्ब २१ करोड ८० लाख रुपैयाँ कर बुझाएको छ । यद्यपि, अघिल्ला वर्षको तुलनामा भने ३४.१४ प्रतिशत बढी तिरेको हो ।

यता, नाफामा व्यापाक सुधार गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि २ अर्ब ८५ करोड ३९ लाख रुपैयाँ आयकर बुझाएको छ । बैंकको यस्तो कर अघिल्लो वर्षको तुलनाम ८३.४३ प्रतिशत धेरै हो ।

यस्तै, ग्लोबल आइएमईले २ अर्ब ५७ करोड ९२ लाख र एभरेष्टले २ अर्ब ५३ करोड २७ लाख रुपैयाँ बुझाएका छन् ।

यता, प्राइमले १ अर्ब ९१ करोड ४१ लाख, कृषि विकासले १ अर्ब ६९ करोड ५६ लाख, लक्ष्मी सनराइजले १ अर्ब ६५ करोड १५ लाख, नेपाल बैंकले १ अर्ब ६५ करोड १ लाख, सिद्धार्थले १ अर्ब ६४ करोड १८ लाख, राष्ट्रिय वाणिज्यले १ अर्ब ६३ करोड ५७ लाख, स्ट्याण्डर्ड चार्टर्ड १ अर्ब ५२ करोड ४९ लाख र एनएमबिले १ अर्ब ४१ करोड ३६ लाख रुपैयाँ बुझाएका छन् ।

यस्तै, गत वर्ष सानिमा बैंकले ९८ करोड ७९ लाख, नेपाल एसबिआई ९० करोड ७४ लाख, माछापुच्छ्रेले ८९ करोड २८ लाख, प्रभूले ८६ करोड २४ लाख, हिमालयनले ५७ करोड ३८ लाख, सिटिजन्सले ५४ करोड ५१ लाख र एनआइसी एशियाले ५ करोड ५१ लाख रुपैयाँ आयकर बुझाएका छन् ।