Close

Recent Posts

जापान सरकारको ३० अर्ब ८ करोड रुपैयाँ ऋण स्वीकार, २५ मन्त्रीपरिषद् निर्णय

जापान सरकारको ३० अर्ब ८ करोड रुपैयाँ ऋण स्वीकार, २५ मन्त्रीपरिषद् निर्णय
  • ४ भाद्र २०८२, बुधबार १८:००

काठमाडौं– सरकारले जापान सरकारबाट प्राप्त ३० अर्ब ८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । भदौ २ गते (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

mulpatra

मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजनाका लागि जापान सरकारबाट सो सहयोग प्राप्त गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले खराब आचरण प्रदर्शन गरेको, पदीय जिम्मेवारी पूरा नगरेको र कार्य क्षमताको अभाव रहेको भन्दै बिमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्री गुरुङले ओझाविरूद्ध उजुरी परेकाले छानबिन समिति गठन गरेको र त्यसैको सिफारिसका आधारमा ओझालाई पदमुक्त गर्ने निर्णय गरेको बताए ।