निर्जीवन बीमकको लगानी करिब सवा ६६ अर्ब

काठमाडौं– निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा करिब सवा ६६ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले विभिन्न क्षेत्रमा कुल ६६ अर्ब २३ करोड २५ लाख रुपैयाँ लगानी गरेका हुन्। अघिल्लो वर्षमा निर्जीवन बीमकहरुले ६६ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीहरुको लगानी ०.४३ प्रतिशतले घटेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा मात्रै निर्जीवन बीमकहरुले ५१ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ लगानी गरेका छन्। यो हिसाबले निर्जीवन बीमकको कुल लगानीमा ७७.४८ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा रहेको देखिन्छ।
समीक्षा वर्षमा र्निजीवन बीमकहरुले क वर्गका बैंकहरुमा ४४ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ, ख वर्गका बैंकमा ५ अर्ब २३ करोड ७१ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थामा १ अर्ब १३ करोड २८ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेका छन् ।
निर्जीवन बीमा कम्पनीको लगानी
नेको इन्स्योरेन्सः ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ
हिमालयन एभरेष्ट इन्स्योरेन्सः ५ अर्ब १५ करोड ६ लाख रुपैयाँ
शिखर इन्स्योरेन्सः ४ अर्ब ८९ करोड ८ लाख रुपैयाँ
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सः ४ अर्ब ८० करोड ३९ लाख रुपैयाँ
नेपाल इन्स्योरेन्स कम्पनीः ४ अर्ब ४३ करोड ५४ लाख रुपैयाँ
एनएलजी इन्स्योरेन्सः ३ अर्ब ८८ करोड २८ लाख रुपैयाँ
युनाइटेड अजोड इन्स्योरेन्सः ३ अर्ब ७६ करोड ७८ लाख रुपैयाँ
सानिमा जीआईसी इन्स्योरेन्सः ३ अर्ब ४६ करोड १३ लाख रुपैयाँ
ओरिएन्टल इन्स्योरेन्सः ३ अर्ब २४ करोड ११ लाख रुपैयाँ
नेसनल इन्स्योरेन्सः २ अर्ब ८९ करोड ६३ लाख रुपैयाँ
प्रभु इन्स्योरेन्सः १ अर्ब १७ करोड ७६ लाख रुपैयाँ