Close

Recent Posts

१० लाख कृषि कर्जा झन्झटबिदा दिदै बैंक

१० लाख कृषि कर्जा झन्झटबिदा दिदै बैंक
  • ९ भाद्र २०८२, सोमबार २०:२०

काठमाडौं– नेपाल राष्ट्र बैंकको नयाँ निर्देशनअनुसार, बैंक तथा वित्तीय संस्थाले अब कृषियोग्य जमिन, कृषि संरचना वा कृषि उपजलाई स्वयं मूल्यांकन गरेर नै कर्जा प्रवाह गर्न सक्ने भएका छन् ।

mulpatra

अब किसान तथा कृषि व्यवसायीहरूलाई १० लाख रुपैयाँसम्मको कर्जा लिन बैंक धाउने झन्झट हट्ने भएको छ । खासगरी खाद्यान्न बाली, तरकारी खेती, पशुपालन, कुखुरापालन, माछापालनजस्ता व्यवसायमा संलग्न किसानलाई लक्षित गर्दै यस्तो व्यवस्था ल्याइएको हो । अब ऋणीले धितो मूल्यांकन गराउन बाहिरी मुल्यांकनकर्ता खोज्नु नपर्ने र धितो मूल्यांकन शुल्क पनि नलिने व्यवस्था गरिएको छ ।

किसानको उत्पादन चक्र अनुसार कर्जाको किस्ता तिर्ने समय पनि मिलाइने भएको छ । कृषि व्यवसायको प्रकृति हेरेर बैंकले पर्याप्त ग्रेस अवधि दिनुपर्ने निर्देशनमा उल्लेख छ।

यसरी दिइएको ग्रेस अवधिमा पहिलो वर्ष असल कर्जामा ०.२५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था र दोस्रो वर्ष ०.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ ।

कर्जा पुनरावेदनका लागि भने ब्याज पुँजीकरण पनि गर्न सकिने उल्लेख छ । बैंकले आफूले मूल्यांकन गरेका धितोका आधारमा कर्जा दिएको खण्डमा, आन्तरिक लेखापरीक्षणमार्फत् नियमित अनुगमन र मूल्यांकन गर्नुपर्नेछ । साथै, यसका लागि ‘प्रडक्ट पेपर’ र धितो मूल्यांकन कार्यविधि तयार गरी सञ्चालक समितिबाट स्वीकृत गराई लागू गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेका उन्नत जातका बालीमा आधारित कृषि परियोजनामा लगानी गर्न चाहने ऋणीलाई अधिकतम आधार दरभन्दा १.५ प्रतिशतसम्म मात्र ब्याज थप्न पाइने व्यवस्था पनि गरिएको छ ।