मनिष झासँगको भेटमा ओलीबारे विद्या– आफ्नै बोली फेरेर मलाई एमालेमा रोक्दै

मनिष झासँगको भेटमा ओलीबारे विद्या– आफ्नै बोली फेरेर मलाई एमालेमा रोक्दै
  • १० भाद्र २०८२, मंगलवार १३:५२

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाबीच आज भेटवार्ता भएको छ । रास्वपाका प्रवक्ता झाका अनुसार कुराकानीमा पूर्वराष्ट्रपति भण्डारीले रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागारमा राखिएकामा आफू सन्तुष्ट नरहेको बताइन् ।

mulpatra

सहकारी बचत रकम अपचलन मुद्दामा सुरूमा रूपन्देही कारागारमा राखिएका रविलाई हालै नख्खु कारागार ल्याइएको छ । पूर्वराष्ट्रपति निवास भंगालमा उनीहरूबीच भेटवार्ता भएको हो ।

एमालेको गत साउनमा बसेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाएको थियो । तर, भण्डारीले राजनीतिक गतिविधिहरू गर्दै आएकी छन् ।

mulpatra mulpatra mulpatra

साथै, राजनीतिमा युवापुस्ता नयाँ विचारसहित आएको भन्दै उनले प्रशंसासमेत गरेकी थिइन् । भण्डारीसँगको भेटमा आफूले एमालेको पार्टी सदस्यताबारे पनि चासो राखेको प्रवक्ता झाले बताए ।

झाका अनु्सार पूर्वराष्ट्रपति भणडारीले भनिन्, ‘सहकारीको विषयलाई राजनीतिक मुद्दामात्रै बनाइयो, बचतकर्ताहरूको बचत सरकारले फिर्ता गरेको छैन । चाडपर्वको मुख छ, बचतकर्ताहरूले आफ्नो बचत फिर्ता पाउनुपर्ने हो नि !’ उनले भने ।

प्रवक्ता झाले भने, ‘रविजीमाथि जे भइरहेको छ, त्यसमा म सन्तुष्ट छैन, उहाँप्रति मेरो सद्भाव छ उहाँले भन्नुभयो ।’ पूर्वराष्ट्रपति भण्डारीले सहकारीका बचतकर्ताको बचत सरकारले फिर्ता गर्न सुरु नगरेको पनि बताइन् ।

Image Source: © https://mulpatra.com