Close

Recent Posts

रास्वपा नेता पाँडेलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति

रास्वपा नेता पाँडेलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति
  • १२ भाद्र २०८२, बिहीबार १५:०८

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

mulpatra

साइबर ब्युरो प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार पाँडेविरुद्ध एक महिलाले सामाजिक सञ्जाल, इमेल र ह्वाट्सएपमार्फत अपशब्द र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। जाहेरी दर्ता भएपछि पाँडे बुधबार आफैं काठमाडौंस्थित साइबर ब्युरोमा उपस्थित भएका थिए।

प्रहरीले आवश्यक अनुसन्धानका लागि अदालतमा म्याद थपको माग गरेको र अदालतले बिहीबारदेखि चार दिन थुनामा राख्न अनुमति दिएको हो।

mulpatra mulpatra mulpatra

पाँडे यसअघि राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहिसकेका छन्। उनी हाल रास्वपाका केन्द्रीय सदस्यको जिम्मेवारीमा छन्।

प्रहरीले पाँडेबाट आवश्यक इलेक्ट्रोनिक सामग्री संकलन गरी बयान लिने र जाहेरीसँग सम्बन्धित प्रमाण संकलन गर्ने तयारी गरिरहेको जनाएको छ।