२८ सयमा टिक्न सकेन बजार, ३८.१० अंकको गिरावट
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ठूलो गिरावटसहित बन्द भएको छ। अघिल्लो दिन २८०० विन्दुमाथि पुगेको बजार बिहीबार फेरि सो स्तरमा टिक्न नसक्दै २७८१ विन्दुमा झरेको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार परिसूचक ३८.१० अंकले अर्थात १.३५ प्रतिशतले घटेको हो।
यद्यपि, बजार परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। यस दिन ३२२ स्टकको ७८ हजारभन्दा बढी पटकको कारोबारमा १ करोड ७८ लाख ९१ हजार कित्ता सेयर किनबेच हुँदै जम्मा ८ अर्ब ९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन भने ७ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो।
![]() |
![]() |
![]() |
|---|
कारोबार रकमका हिसाबले नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको ६५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यसपछि हिमालयन रिइन्स्योरेन्सको ६० करोड ६९ लाख र हिमालयन डिस्टिलरीको ३५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
बिहीबार २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२७ कम्पनीको घटेको छ। विकास हाइड्रोपावर निरन्तर सातौँ दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यस दिन यसको मूल्य ५१ रुपैयाँ ७० पैसा बढेर ५६८ रुपैयाँ ९० पैसामा पुगेको छ।
विपरीत, ओरियन्टल होटलको सेयर मूल्य ४.७१ प्रतिशतले घट्दै सर्वाधिक गिरावट भएको हो।
कारोबारमा आएका १३ उपसमूहमध्ये केवल दुई उपसमूह — म्युचुअल फन्ड र निर्जीवन बीमा परिसूचक मात्र बढेका छन्।
बाँकी ११ उपसमूह ओरालो लागेका छन्। तीमध्ये विकास बैंक उपसमूह सर्वाधिक २.३८ प्रतिशतले घट्यो। वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रसोधन, लघुवित्त, अन्य र व्यापार उपसमूह पनि एक प्रतिशतभन्दा बढी घटेका छन्।
Image Source: © https://mulpatra.com



