Close

Recent Posts

संसदमा आज प्रधानमन्त्रीको सम्बोधन, चीन भ्रमणबारे जानकारी गराउने

संसदमा आज प्रधानमन्त्रीको सम्बोधन, चीन भ्रमणबारे जानकारी गराउने
  • १३ भाद्र २०८२, शुक्रबार १०:४२

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । दिँउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

mulpatra

शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पार्टीका नेताहरूसँग राष्ट्रिय सहमति जुटाएर लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताएका छन् ।

ओलीले संसद्को समेत विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताएका हुन् ।

mulpatra mulpatra mulpatra