Close

Recent Posts

माओवादी मुख्यालयमा शिक्षकहरुको धर्ना

माओवादी मुख्यालयमा शिक्षकहरुको धर्ना
  • १३ भाद्र २०८२, शुक्रबार १२:२०

काठमाडौं– शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यलयमा पेरिसडाँडामा आज धर्ना दिएका छन् । सरकारले आफूहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दवाव दिन भन्दै शिक्षकहरुले राजनीतिक दलका कार्यालयमा धर्ना दिएको महासंघले जनाएको छ ।

mulpatra

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले माओवादीको पार्टी कार्यालयमा धर्ना दिएका हुन् । महासंघका अनुसार पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ः०० बजे देखि दिउँसो १ः०० बजेसम्म २ घण्टा नेकपा माओवादी केन्द्रको कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ ।

शिक्षक महासंघले नेपाली कांग्रेसको कार्यलय, नेकपा एमालेको कार्यालय र आज माओवादीको कार्यालयमा धर्ना बसेका हुन् ।

महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले महासंघसँग भएको ९ बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाले पुनः आन्दोलन गर्नुपरेको बताइन् ।

प्रतिनिधिसभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरु अझै पनि सम्बोधन हुन नसकेको बताइन् ।

विधेयकमा रहेका असहमतिका बुँदाहरुलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सम्बोधन गर्न राजनीतिक दलहरुले सहयोग गर्ने विश्वास महासंघले गरेको उनले बताइन् ।