दशैंमा भदौ २९ बाट नयाँ नोट साट्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी दशैं पर्वलाई लक्षित गर्दै सुकिला नोट (नयाँ नोट) साट्ने व्यवस्था भदौ २९ गतेदेखि सुरु हुने जनाएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार भदौ २९ गतेदेखि असोज १० गतेसम्म बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सहटी (साटफेर) गर्न सकिनेछ।
यसपटक पनि राष्ट्र बैंकले आम नागरिकलाई सुविधा दिन देशभरका बैंक तथा वित्तीय संस्थामार्फत सुकिला नोट उपलब्ध गराउने व्यवस्था मिलाएको हो।
![]() |
![]() |
![]() |
|---|
दशैंतिहारमा देवी–देवतालाई पूजा गर्ने तथा मान्यजनलाई टीका लगाउने बेला सुकिला नोट प्रयोग गर्ने प्रचलन रहेकाले राष्ट्र बैंकले प्रत्येक वर्ष यस्तो व्यवस्था गर्ने गरेको छ।



