Close

Recent Posts

बजेटको स्वागत गर्दै स्वतन्त्र रोजगार व्यवसायी संघद्वारा प्रधानमन्त्री र श्रममन्त्रीलाई धन्यवाद ज्ञापन

बजेटको स्वागत गर्दै स्वतन्त्र रोजगार व्यवसायी संघद्वारा प्रधानमन्त्री र श्रममन्त्रीलाई धन्यवाद ज्ञापन
  • १६ जेष्ठ २०८३, शनिबार १४:५८

काठमाडौं– स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी संघले सरकारको आगामी आर्थिक वर्षको बजेटमार्फत वैदेशिक रोजगार क्षेत्रमा ल्याइएका नयाँ नीति तथा कार्यक्रमहरूको स्वागत गरेको छ। संघले एक औपचारिक पत्रमार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई विशेष धन्यवाद ज्ञापन गर्दै बजेटका व्यवस्थाहरूप्रति खुसी व्यक्त गरेको हो।

mulpatra

संघका अध्यक्षद्वारा जारी विज्ञप्तिमा वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने उद्देश्यका साथ श्रम मन्त्रीको विशेष पहलमा “वैज्ञानिक सेवा शुल्क“ ((Scientific Service Charge)) निर्धारण गर्ने घोषणा गरिएको प्रति हार्दिक आभार प्रकट गरिएको छ। लामो समयदेखि व्यावहारिक सेवा शुल्कको अभावमा यस क्षेत्रले नीतिगत अस्पष्टता र चुनौतीहरू भोग्दै आएको स्मरण गराउँदै संघले सेवाशुल्क व्यवस्थापन र लागत निर्धारणको कदम अत्यन्तै प्रशंसायोग्य र स्वागतयोग्य रहेको उल्लेख गरेको छ।

यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि बजेटमा समेटिएको सहुलियतपूर्ण कर्जा तथा बिना धितो ऋणको व्यवस्थाप्रति पनि संघले सकारात्मक प्रतिक्रिया दिएको छ। उक्त कर्जाको भुक्तानी रोजगारदातामार्फत किस्ताबन्दीमा व्यवस्थापन गर्ने अवधारणा व्यावहारिक र समयसान्दर्भिक रहेको संघको ठहर छ। यस व्यवस्थाले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको आर्थिक भार कम हुनुका साथै सम्पूर्ण व्यवसाय नै थप मर्यादित बन्ने विश्वास संघले लिएको छ।

mulpatra mulpatra mulpatra

ऐतिहासिक र कल्याणकारी व्यवस्थाका लागि नेपाल सरकार, अर्थ मन्त्रालय र विशेष गरी श्रम मन्त्रीप्रति कृतज्ञता ज्ञापन गर्दै संघले यो नीतिगत परिवर्तनको पृष्ठभूमि तयार पार्न अमूल्य सुझाव दिने सम्पूर्ण अग्रज व्यवसायीहरू, विज्ञ टोली (Expert Team) तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै सरोकारवालाहरूलाई धन्यवाद दिएको छ।

आगामी दिनमा यी प्रशंसनीय व्यवस्थाहरूको सफलतापूर्वक कार्यान्वयनका लागि मन्त्रालय र सम्बद्ध सबै पक्षसँग सहकार्य र समन्वय गर्न संघ सदैव प्रतिबद्ध रहने समेत समाचारमा जनाइएको छ।