एमालेको अपानी जिम्मेवारी बाँडफाँड गर्दै भन्यो भौगोलिक अखण्डता नै सङ्कटमा पर्ने आशङ्का
काठमाडौं । नेकपा (एमाले) ले आसन्न स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै पार्टी संरचनामा व्यापक कार्यविभाजन गरेको छ। अध्यक्ष केपी शर्मा ओली द्वारा जारी अन्तरपार्टी निर्देशन (अपानी–२) मार्फत प्रचार विभागदेखि प्रदेश इन्चार्जसम्मको जिम्मेवारी पुनःवितरण गरिएको हो।

निर्णयअनुसार पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी निरज आचार्य लाई दिइएको छ। उनी यसअघि निर्वाचन विभाग प्रमुखको भूमिकामा थिए। युवा संघ पृष्ठभूमिका आचार्यलाई निर्वाचन विभागमै राख्ने प्रारम्भिक प्रस्ताव भए पनि अन्ततः अपानीमार्फत उनको जिम्मेवारी परिवर्तन गरिएको हो।
त्यसैगरी रामकुमारी झाँक्री लाई प्रेस चौतारी नेपालको इन्चार्ज तोकिएको छ। यसअघि प्रचार विभाग प्रमुख नै प्रेस चौतारीको इन्चार्ज रहने परम्परा रहे पनि यसपटक पार्टीले फरक–फरक व्यक्तिलाई जिम्मेवारी दिएको छ।
![]() |
![]() |
![]() |
|---|
अपानी–२ अनुसार एमालेले पार्टी जागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। अभियान अन्तर्गत केन्द्रीय पदाधिकारी बाहेक सबै केन्द्रीय सदस्यलाई सम्बन्धित पालिकामा केन्द्रित जिम्मेवारी दिइएको छ। साथै जिल्ला इन्चार्जलाई समेत स्थानीय तहका अभियानमा सक्रिय गराउने व्यवस्था गरिएको छ।
कार्यविभाजन अनुसार उपाध्यक्ष र उपमहासचिवलाई विभागीय समन्वयको जिम्मेवारी दिइएको छ भने नौमध्ये छ सचिवलाई प्रदेश इन्चार्ज बनाइएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र राजधानी विशेष प्रदेशमा अलग–अलग इन्चार्ज तोकिएका छन्।
अपानीमा अध्यक्ष ओलीले निर्वाचन परिणामपछि पार्टीभित्र निराशा र असन्तोष बढेको उल्लेख गर्दै संगठनलाई पुनःसक्रिय र पुनर्गठित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले देशको भूराजनीतिक अवस्था र सरकारका गतिविधिहरूले “नेपालको भौगोलिक अखण्डता नै संकटमा पर्न सक्ने आशङ्का” उत्पन्न भएको दाबी पनि गरेका छन्।
Image Source: © https://mulpatra.com
उनका अनुसार पार्टीले अब संगठन सुदृढीकरण, जनस्तरमा पुनर्जागरण र संविधानको रक्षा केन्द्रित अभियान अघि बढाउनेछ। साथै आगामी केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइने उल्लेख गरिएको छ।
एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै भूगोल केन्द्रित अभियानमार्फत संगठनलाई सक्रिय बनाउने रणनीति लिएको देखिएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



