Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

डिजिटल कारोबार बढ्दै, ५८ प्रतिशतले वृद्धि

डिजिटल कारोबार बढ्दै, ५८ प्रतिशतले वृद्धि
  • १७ भाद्र २०८२, मंगलवार १८:०८

काठमाडौं– नेपालमा पछिल्लो समय डिजिटल कारोबारमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार १ अर्ब ८४ करोड ३० लाख ५७ हजार ३१८ पटकको कारोबारमा उक्त रकम भुक्तानी भएको हो ।

mulpatra

गत आर्थिक वर्ष २०८१÷८२ मा ९८४ खर्ब ३१ अर्ब ४३ करोड २ लाख रुपैयाँ बराबरको डिजिटल भुक्तानी भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५८.४० प्रतिशतले बढी हो ।

अघिल्लो आव २०८०÷८१ को तुलनामा गत वर्ष ४०९ खर्ब ५३ अर्ब १२ करोड रुपैयाँले डिजिटल कारोबार बढेको हो । अघिल्लो आवमा ५७४ खर्ब ७८ अर्ब ३१ करोड २ लाख रुपैयाँ डिजिटल कारोबार भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

mulpatra mulpatra mulpatra

नेपालमा पछिल्लो समय डिजिटल कारोबार र भुक्तानी दुबैमा निरन्तर बढ्दै गइरहेको छ । दैनिक रूपमा प्रयोगकर्ताका साथै कारोबारका डिजिटल उपकरणहरू पनि थपिँदै जाँदा कारोबार र भुक्तानी दुबैमा सुधार आएको हो । इन्टरनेट प्रयोगकर्ताको पहुँच बढेसँगै डिजिटल कारोबारमा पनि बढोत्तरी आएको छ ।

डिजिटल कारोबारका साधनहरु आटीजीएस, इसीसी, मोबाइल बैंकिङ, कनेक्ट आइपिएस, वालेट, डेबिट–क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ लगायतका प्रयोग बढीरहेको छ ।

कुन माध्यबाट कति भयो भुक्तानी ?

Image Source: © https://mulpatra.com

गत आवमा आरटीजीएस मार्फत सबै भन्दा धेरै भुक्तानी भएको देखिन्छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार आरटीजीएस मार्फत ७४९ खर्ब १ अर्ब ७५ करोड ६ लाख रुपैयाँ भुक्तानी भएको छ ।

यसैगरी, दोस्रो स्थानमा इसीसी मार्फत ६२ खर्ब ८९ अर्ब ३५ करोड ८ लाख रुपैयाँ भुक्तानी भएको छ भने तेस्रोमा फास्टर पेमेन्ट सिस्टम मार्फत ५२ खर्ब ४१ अर्ब ७० करोड ४ लाख रुपैयाँ भुक्तानी भएको छ ।

यस अवधिमा मोबाइल बैंकिङबाट ५० खर्ब १८ अर्ब ३३ करोड ४ लाख रुपैयाँ, आईपीएसबाट २९ खर्ब ११ अर्ब २३ करोड ३ लाख रुपैयाँ, डेबिट कार्ड मार्फत ११ खर्ब ३७ अर्ब ६७ करोड ३ लाख रुपैयाँ र एटीएम मार्फत १० खर्ब ८८ अर्ब ७० करोड ९ लाख रुपैयाँ भुक्तानी भएको छ ।

क्यूआरबाट ९ खर्ब ५८ अर्ब ३८ करोड ३ लाख रुपैयाँ, वालेटबाट ५ खर्ब ६ अर्ब ३१ करोड ५ लाख रुपैयाँ, इन्टरनेट बैंकिङबाट २ खर्ब ३३ अर्ब ८० करोड रुपैयाँ, क्रेडिट कार्डबाट २४ अर्ब १ करोड ४ लाख रुपैयाँ, प्रिपेड कार्डबाट १२ अर्ब ५५ करोड ५ लाख रुपैयाँ र ब्रान्चलेस बैंकिङबाट १९ अर्ब ४३ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

त्यसैगरी, पिओएसबाट ७१ अर्ब ९६ करोड २ लाख रुपैयाँ, इकमर्सबाट १३ अर्ब ५३ करोड ५ लाख रुपैयाँ र क्रस बोडर क्यूआर मार्फत २ अर्ब ६६ करोड ६ लाख रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।