Close

Recent Posts

प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट भए यी उपलब्धि

प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट भए यी उपलब्धि
  • १९ भाद्र २०८२, बिहीबार १०:३९

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।

mulpatra

चिनियाँ राष्ट्रपति सी जिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) समिट तथा विश्वयुद्धको ८० औं वर्षको विजयोत्सवका क्रममा आयोजित सैन्य परेडमा सहभागी हुन प्रधानमन्त्री सपत्नीसहितको टोली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले जानकारी दिएका छन् ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराउँदै चीन सरकारले नेपालको विकासका लागि गर्दै आएको सहयोगका लागि प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई धन्यवाद दिएको उल्लेख गरे ।

त्यस्तै, प्रधानमन्त्री ओलीले सांघाई सहयोग संगठनको पूर्णकालीन सदस्यताका लागि आग्रह गरेको पनि सचिव राईले जानकारी दिए ।

त्यसैगरी, बीआरआई लगायतका परियोजना शीघ्र कार्यान्वयनको पनि प्रधानमन्त्रीले विश्वास व्यक्त गरेको उनले बताए ।

भ्रमणका क्रममा उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरी नेपाल भ्रमणका लागि निम्तो दिए भने उनलाई पनि पुटिनले रुस भ्रमणको निम्तो दिएका थिए ।

त्यस्तै, १४ गते नै उनले चीनका राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए । जसमा लिपुलेक पासमा भारत र चीनबीच भएको सहमतिमा आपत्ति जनाउँदै उक्त भूभाग नेपालको भएको र चीनले बुझिदिनुपर्ने भन्दै ओलीले नेपालको तर्फबाट अडान राखेको पनि राईले अवगत गराए ।