ओली नेतृत्वको सरकारले युवाकै भविष्यमाथि गोली चलायो
काठमाडौं– जेएनजी पुस्ता सरकारले देखाएको अराजकता, भ्रष्टाचार र गैरजिम्मेवारीपनाविरुद्ध सशक्त रूपमा आन्दोलनमा उत्रिए । जेनजी पुस्ताले परिवर्तनको मागसहित आवाज बुलन्द गर्दै शान्तिपूर्ण तर दृढ आन्दोलनमार्फत समाजमा नयाँ चेतना जगाउन खोजेको जस्तो देखिन्छ ।

प्रधानमन्त्री केपी ओली एकतातिर, अरु युवा सबै अर्कोतिर जस्तो देखिएको छ । प्रधानमन्त्री ओलीले चाहिँ नेपालको कानुन नमान्ने सामाजिक सञ्जालका प्लेटफर्महरू बन्द गरेको भनी बचाउ गर्दै आएका छन् ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जेनजीका नाममा अराजकतावादी र प्रतिगमनकारीको घुसपैठ भएको टिप्पणी गरेका छन् । तर कसको घुसपैठ भयो त खुलाएनन् । त्यति मात्र होइन उनले अरुलाई दोष लगाएर आफु पन्छिन खोजे ।
![]() |
![]() |
![]() |
|---|
भ्रष्टाचार र बेथितिका साथसाथै सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेनजीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरे । योसँगै प्रशासनले राष्ट्रपति कार्यालय शितलनिवास, उपराष्ट्रपति कार्यालय हरित गृह, नारायणहिटी दरबार सङ्ग्रहालय र सिंहदरबार क्षेत्रलाई समेटेर नयाँ आदेश जारी गरेको छ ।
प्रधानमन्त्री भइसकेका मानिसहरू संलग्न आरोप लागेका तर अझै पनि कानुनी दायरामा नआएका ललिता निवास जग्गा प्रकरण लगायत ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् ।
प्रधानमन्त्री केपी ओली झापास्थित निवासमा आगजनी गर्न खोज्ने समूहलाई प्रहरीले रोकेको छ ।
Image Source: © https://mulpatra.com
झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुका अनुसार करिब डेढ सय जनाको टोलीले घरी मालपोत कार्यालय र घरी ओली निवासमा आक्रमण गर्ने प्रयास गरेको थियो ।
सरकारले १८ भदौमा नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दियो । सञ्जाल मात्रै तताएर नपुग्ने ठानेर उनीहरू सडकमै ओर्लिने निर्णयमा पुगे । खासगरी, सञ्जालसँगै भ्रष्टाचारको विरोधमा उनीहरूले अभियानलाई जोडेका छन् ।
लगत्तै सञ्जाल बन्द र विरोध एकसाथ हुन थाल्यो । सञ्जाल बन्द गर्ने निर्णयपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली दोस्रो विधान महाधिवेनमा गोदावारीमा केन्द्रित भए । त्यही मौकामा जेन–जी भने विरोधमा सञ्जाल तताउन थालेको थियो ।
देशमा लामो समयदेखि सुनुवाइ नपाएको गुनासो, सुशासन र जवाफदेहिताको अभाव, तथा भविष्य अन्धकारतर्फ धकेलिएको अनुभूतिले युवापुस्तालाई प्रत्यक्ष आन्दोलनतर्फ धकेलेको छ ।
जेनजी युवाहरुले काठमाडौं बाहिर पनि प्रदर्शन गरेका छन् । ठूला सहरहरुमा पनि युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रशासनले अत्यधिक बल प्रयोग ग¥यो । यसले काठमाडौं लगायतका शहर अशान्त छन् ।
सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरुले गरेको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको छ ।
शान्तिपूर्ण रुपमा चलेको आन्दोलनमा संसद् भवन भित्र प्रवेश गर्ने दिशामा अघि बढेपछि प्रहरीले दमन सुरु गरेको थियो । हालसम्म १८ जनाको मृत्यु भइसकेको छ । घाइतेहरुको संख्या अझै यकिन छैन ।
त्यसपछि आक्रोशित भिडलाई तितरबितर पार्ने प्रयास स्वरुप प्रहरीले अत्यधिक बल प्रयोग गरेको छ । काठमाडौं जिल्ला प्रशासनले कफ्र्यू जारी गरेपनि प्रदर्शनकारीले आन्दोलन नरोकेपछि प्रहरीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको थियो । सरकारले बिहानैदेखि जेनजी आन्दोलनलाई सामान्य ठान्यो । तर त्यसको नतिजा उल्टो देखियो ।
जेएनजी पुस्ताले सुशासन, जवाफदेहिता र पारदर्शी नेतृत्वलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै सरकारलाई जवाफदेही बनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
पछिल्ला वर्षमा भ्रष्टाचार, बेरोजगारी, प्रशासनिक अराजकता र पारदर्शिताको कमी जस्ता समस्याप्रति युवापुस्ताको असन्तुष्टि बढ्दै गएपछि अभियानले राष्ट्रिय स्तरमा ध्यानाकर्षण पाउन थालेको हो ।
देशको राजनीतिक अस्थिरता, सरकारको अराजकता, बढ्दो भ्रष्टाचार र बेरोजगारीप्रति असन्तुष्टि बढ्दै जाँदा जेएनजी पुस्ता अन्ततः सडकमा उत्रिदै छ । यसको अर्थ जेएनजी पुस्ताले देशमा परिवर्तन खोेजेको देखिन्छ ।
सोमबार जेनजीले बानेश्वर क्षेत्रमा गरेको सरकारविरुद्धको प्रदर्शनका क्रममा घाइतेको उपचार भइरहेको अस्पतालको इमर्जेन्सी रुममै अश्रुग्यास प्रहार गरेको हो । यस्तोमा प्रहरीले इमर्जेन्सीमै अश्रुग्यास हानेको पीडित घाइतेहरुले बताएका छन् ।
नजिकै रहेको सिभिल अस्पतालमा प्रहरीको चरम दमनपछि घाइते सम्हाल्न मुस्किल भइरहेको थियो ।



